निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पाठशाला मोडल युनाइटेड नेसन : वर्तमान विश्व समस्यामाथि विशेष चर्चा

काठमाडौं : पाठशाला मोडल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गतेबाट चलेको उक्त कार्यक्रममा विभिन्न विधाका लागि ९ वटा समूहमा विद्यार्थीले वर्तमान समयमा विश्वमा भइरहेका समस्याका समाधानबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

प्यालेस्टाइनहरूले बुर्खा लगाउनु उचित वा अनुचित, दीर्घकालीन विकासका लागि बढ्दो प्रविधिले खेलेको भूमिका, इरानका बालबालिका र महिलाको अवस्था तथा तिनीहरूको अधिकार, जम्बुकश्मिरमा भएको द्वन्द्व, सैनिक व्यवस्थापन र शान्ति स्थापना, अर्थतन्त्रमा आतङ्कवादले पारेको असर, गर्भपतन, प्रजननका कारण महिलाको स्वास्थ्यमा पर्ने असर तथा विभिन्न वृत्तचित्रका विभिन्न पात्रहरूका भूमिकामा आफू भएको भए के गर्थें आदि शीर्षकहरू समेटिएका थिए ।

ती शीर्षकहरूमा पक्ष र विपक्षमा रही विद्यार्थीहरूले आफ्ना बेजोड तर्कहरू प्रस्तुत गरेका थिए । पाठशाला प्रि-युनीका कक्षा ११ र १२ का विद्यार्थीले यस कार्यक्रमलाई सञ्चालन गरेका थिए। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै युनाइटेड नेसनका लागि नेपालका राजदूतसमेत रहेका प्रा.डा. जयराज आचार्यले यस्ता क्रियाकलापहरूले बालबालिकाहरूमा बोलाइ सिपको विकास हुनुका साथै नेतृत्व सिपको समेत विकास हुने धारणा राखेका थिए।

उनले आफूले नेल्सन मन्डेला जेलमा रहँदा उनलाई छुटाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै बालबालिकालाई यस्ता क्रियाकलापले सत्य र असत्यको निरूपण गर्न र सत्मार्गमा लाग्न प्रेरणा दिने विचार व्यक्त गरेका थिए। कार्यक्रमको अन्तिम दिन समापन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव सुधीर भट्टराईले आफू पनि जीवनको पूर्वाद्र्धमा मेहनत कम गरेको तर पछि आफूलाई निरन्तर मेहनत गरेर यहाँ पुर्‍याएको हुनाले विद्यार्थीहरूले डटेर मेहनत गरिरहनुपर्ने सुझाव दिएका थिए। र असफल हुँदैमा निराश नहुन आग्रह गरे। ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img