निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सबै वडामा योजना छान्दै फलेवास नगरपालिका

आगामी आर्थिक वर्ष २०८०\८१ का लागि आवश्यक योजना छान्न फलेवास नगरपालिकाले सबै वडामा जनशक्ति खटाएको छ । नगरका ११ वटै वडामा बुधबार एकसाथ आगामी वर्षका लागि वडाका मुख्य प्राथमिकतामा पर्ने योजनाको सङ्कलन गरिएको हो ।

नगरका कर्मचारीहरु सबै वडामा पुगेर वडाध्यक्ष, वडा सदस्य, टोल विकास संंस्थाका पदाधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सामाजिक संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितीमा योजना छनोट गरिएको हो । सहभागिहरुले वडा तथा बिभिन्न टोलको प्राथमिकताका विषयगत योजनाहरु छनोट गरी पठाएको कार्यक्रममा सहभागि कर्मचारीहरुले बताएका छन् ।

नगरका ११ वटै वडाबाट आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा बिपत व्यवस्थापन, शुसासन तथा संस्थागत विकास, पुर्वाधार विकास लगायतका शिर्षकमा योजना छनोट गरी पठाएका छन् । नगरको आन्तरिक आम्दानी तथा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानको क्षमताका आधारमा योजनालाई प्राथमिकतामा राखेर पठाउन नगरबाट खटिएका कर्मचारीहरुले सहभागिहरुलाई आग्रह गरेका थिए

। वडास्तरिय योजना तर्जुमा गोष्ठीका अवसरमा वडा नंवर १ कार्कीनेटामा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले नगरको आर्थिक क्षमता र हैसियतका आधारमा विकास योजनाहरुलाई प्राथमिकतामा राख्दै सम्पन्न गर्दै जाने बताउनुभयो । आफु नगरको एक प्रतिनिधि पात्र मात्रै भएको उल्लेख गर्दै नगरको विकासमा साझेदारी गर्ने दायित्व सबै नगरबासीहरुको रहेको बताउनुभयो । नगरप्रमुख शर्माले आफुले निर्वाचनका बेला गरेका बाचा र प्रतिवद्धता अनुसारका कामलाई प्राथमिकताका आधारमा पुरा गर्दै जाने बताउँदै ५ वर्षे कार्यकालमा सबै चुनावी बाचा पुरा गर्ने बताउनुभयो ।

नगरपालिकाले आगामी असार १० गते १३ औं नगरसभा तथा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्ने योजना बनाएको छ । योजना अनुसार मंगलबार ३० जेठेभित्र सबै वडा कार्यालयहरुले टोल तथा बस्तीस्तरबाट माग भएका योजना सङ्कलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

त्यस्तै बुधबार वडा कार्यालयहरुमा नगर कार्यपालिकाको कार्यालयबाट कर्मचारी खटाई सर्वपक्षीय बैठक आयोजना गरी वडाको प्राथमिकताका आधारमा योजना तर्जुमा गरी नगर कार्यपालिकाको कार्यालयमा पेश गर्ने कार्यतालिका छ । त्यस्तै ३२ गते (बिहिबार) संघ तथा प्रदेशका सांसद, पुर्व सांसदहरु, नगरभित्रका सबै राजनीतिक दलका प्रमुख, बिभिन्न क्षेत्रका विषयविज्ञ, सामाजिक अभियन्ता तथा अगुवाहरु, नगरका जनप्रतिनिधि लगायतसंग आगामी वर्षको नीति तथा कार्यक्रमबारे बृहत अन्तरकृया आयोजना गरेको छ ।

३ असारदेखि १३ औं नगरसभाका एजेण्डाहरुको विषयमा छलफल गरी सबैको रायसल्लाह र सुझावका आधारमा आगमी वर्षको बजेट, नीति तथा कार्यक्रम तयार पारिने नगरप्रमुख तिवारीले बताउनुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img