निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेतृत्व तथा सञ्चार सिप तालिम सम्पन्न

असार ५, कुश्मा /पर्वत

गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा संचालन भएको ५ दिने नेतृत्व तथा सञ्चार कला कार्यशाला तालिम सम्पन्न भएको छ । मंगलबार एक समापन सत्र कार्यक्रमको आयोजना गरी उक्त तालिमको समापन गरिएको हो ।

तालिमको सहजीकरण राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक विकल्प तालिम केन्द्र पोखराका निर्देशक रामचन्द्र पौडेलले गर्नु भएको थियो । तालिममा पर्वत जिल्ला स्थित नागरिक संघसंगठनका २३ जना प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । तालिम कार्यशालामा नेतृत्व, नेतृत्व कला, सञ्चार सिप, समन्वय सिप, प्रशंसनिय दृष्टिकोण, समुह कार्यकार्य, द्वन्द व्यवस्थापन, समय व्यवस्थापनको बारेमा प्रयोगात्मक सहजीकरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम वि.क.ले गैसस महासंघले सदस्य संस्थाहरुको क्षमता विकासको कार्यक्रम सम्पन्न गरेर शसक्त नागरिक संगठन निर्माणमा योगदान हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले संघिय संरचना अनुरुप महासंघले विभिन्न पालिका स्तरमा पनि भुमिका बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष रमेशप्रसाद रिजालको अध्यक्षता, सचिव कृष्णप्रसाद शर्माको संचालनमा भएको कार्यक्रममा गैसस महासंघ नेपालका पुर्व केन्द्रीय सचिव देवीप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य जगन्नाथ शर्मा, नागरिक समाज सञ्जाल पर्वतका संयोजक माधव पौडेल, प्रशिक्षार्थीका तर्फबाट फ्रन्टलाइन नेपालका सदस्य रश्मि गौतम र सोडेक नेपालका महासचिव टंकलाल भुषालले बोल्नु भएको थियो । कार्यशालाको सिकाइ उपलव्धीलाई निरन्तर मुल्यांकन गर्दै जाने र पुनः ६ महिना पछि प्रशिक्षार्थीहरुमा पुनर्ताजगी तालिम दिइने गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img