निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

आई.एम.इ. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ३ दिने ILIST तालीम सम्पन्न।

भाद्र २२६, पोखरा। आई एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको गण्डकी प्रदेश अन्तर्गत कार्यरत २५ जना एजेन्सी मेनेजरहरु, एरिया ब्रान्च मेनेजरहरु तथा शाखा प्रमुख हरुलाई पोखरामा २०८० भाद्र २१ बाट २३ सम्म ३ दिनको आवासीय तालीम सम्पन्न गरेको छ।

उक्त आई.एम.इ.लाइफ इन्स्योरेन्स सेल्स ट्रेनिङ (ILIST ) तालिमको कम्पनीका एरिया ब्रान्च मेनेजर श्री सुनिल अधिकारी र तालिम बिभागका श्री भुवन सिंह मुरी मगरले सहजिकरण गरेका थिए।

उक्त तालिममा कसरी धैरै ग्राहकहरु खोज्ने ? कसरी धेरै भन्दा धेरै अभिकर्ता भर्ना गर्ने? ग्राहकलाई भेट्नु पूर्व कस्तो तयारीका गर्ने ? ग्राहक संग भेटे पछि सहज रुपमा बीमा योजनाको कसरी प्रस्तुति गरी पोलिसी क्लोज गर्ने र बीमालेख जारी गर्ने? साथै अभिकर्ता हरुले कार्यक्षेत्रमा भोग्नुपर्ने बाधा तथा समस्याहरु समाधान गर्दै ब्यावसायिक अभिकर्ता तथा उत्कृष्ट एजेन्सि मेनेजर बन्ने बिधी साथै आफ्नो तथा आफ्नो संजालको स्वयमले ब्यावसायिक लक्ष्य निर्धारण गर्नका लागि सहजिकरण गर्दै कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका संयोजक गण्डकी प्रदेश प्रमुख कर्म राज पौडेलले सहभागीलाई स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अभिकर्ताहरुको व्यावसायिक सफलताको लागि यो कार्यक्रम कोसेढुङ्गा साबित हुनेमा आफु बिस्वस्त रहेको बताए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img