निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

महाशिला गाउँपालिकाले लोक सेवा तथा शिक्षक सेवा आयोगका निःशुल्क कक्षाहरू सञ्चालन गर्ने 

मंसिर २४ पर्वत / जिल्लाको महाशिला गाउँपालिकाले गाउँपालिकाका युवाहरूलाई लक्षित गर्दै लोक सेवा तथा शिक्षक सेवा आयोगका निःशुल्क कक्षाहरू सञ्चालन गर्ने भएको छ।

सामाजिक तथा आर्थिक रूपले पछाडि परेकाहरूलाई सरकारी सेवामा प्रवेश गराउने तथा सरकारी सेवाका लागि प्रोत्साहित गरेर उनीहरूको सामाजिक तथा आर्थिक पक्षलाई सुधार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले सामाजिक रूपमा पछाडि पर्दा तथा आर्थिक रूपमा पनि समस्या रहेकाहरूले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका परीक्षा र पक्रियाको बारेमा नबुझ्दा पनि समस्या भइरहेको बताए।

लोकसेवा र शिक्षक सेवा आयोगका परीक्षा, सेवा क्षेत्र, समूह, पद, लगायतका आधारभूत कुराहरूको बारेमा थाहै नपाएका कारण कतिपयले यसमा उत्सुकता नदेखाएको तथा कतिपय उत्सुकहरू आर्थिक समस्यामा रहँदा आयोगका तयारी कक्षाहरू लिन नसक्दा पनि उनीहरूको पहुँचमा वृद्धि हुन नसकेको उनको भनाई छ। ‘कुन विषय पढ्दा आयोगका कुन क्षेत्रमा जान मिल्छ? तयारी कसरी गर्ने? लगायतका विषयमा अलमल भएर पनि कतिपयलाई समस्या भइरहेको हुन सक्छ’, प्रशासकीय अधिकृत पराजुली भन्छन्, ‘हामीसँग उपलब्ध भएका प्रशिक्षकहरू सहित आवश्यकता अनुसार विज्ञ प्रशिक्षकहरूको व्यवस्थापन गरेर कक्षा सञ्चालन गर्ने तयारी गरेका छौँ।’

आर्थिक वर्ष २०८०÷८१ का लागि गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार करिब तीन लाख रुपैयाँको लगानीमा कक्षा सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाभित्र बसोबास गर्ने तथा निर्धारित योग्यता पुगेका इच्छुक व्याक्तिहरू कक्षा लिन इच्छुक भएमा गाउँपालिकाको कार्यालयमा पुगेर निवेदन दिन सक्ने छन्।

यस कार्यक्रमकी ‘फोकल पर्सन’ तथा सहायक महिला विकास निरीक्षक इन्दिरा वस्नेतले इच्छुक व्यक्तिले कागजातहरू सहित शिक्षक सेवाको हकमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको तथा निजामती सेवाको हकमा खरिदार, नायव सुब्बा र अधिकृत तहका कक्षाहरू सञ्चालन हुने बताइन्। आउँदो पुस पाँच गतेभित्रमा सम्बन्धित तहको ब्यहोरा खुलाइएको निवेदन दिनुपर्ने गाउँपालिकाले बताएको छ।

सुरुमा यो कार्यक्रम महिलाको लागि मात्रै सञ्चालन गर्ने भनिएका भए पनि गाउँपालिकाका युवकहरू पनि सरकारी सेवा प्रवेशका लागि इच्छुक रहेकोले सबैका लागि विज्ञापन गर्ने र आवेदन सङ्ख्याको अवस्था हेरेर निर्णय हुने छ। निःशुल्क कक्षामा यति जनालाई समावेश गर्ने भनेर सङ्ख्या यकिन नभएको तथा आवेदन धेरै आएर व्यवस्थापन नै गर्न नसकिने अवस्था भएमा अन्तरवार्ताका माध्यमबाट इच्छुकहरूको छनोट गर्ने गाउँपालिकाको तयारी छ। थाहाखवर वाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img