निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जनज्योती मावि को ७१औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पौष ६/
पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको श्री जनज्योती मावि को ७१औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य पदम गिरीले सरकारी विद्यालयहरुको गुणस्तरमा सुधार गर्न नसकेमा शिक्षाका लागि गाउँ छोड्ने संख्या वढ्दै जाने वताउदै गुणस्तरीय शिक्षाका लागि अभिभावक,शिक्षक तथा विद्यार्थीहरुको संयूक्त पहल हुनुपर्नेमा जोड दिनुभयो ।

उँहाले सरकारी विद्यालयको गुणस्तरमा सुधार गर्न नसकेमा गाउँ रित्तोहुने अवस्था आउन सक्ने वताउदै विद्यालयमा शिक्षकहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
गिरीले फरक प्रसंगमा आफु प्रतिनिधी सभा सदस्य भै सकेपछी जनताको जन गुनासो सुन्नको लागि यतीवेला पर्वतका विभिन्न गाउँमा गाउँमा भेटघाट कार्यक्रम मा हिडेको वताउदै आफुले यस क्षेत्रको विकासका लागि सक्दो सहयोग पुर्याउने समेत वताउनु भयो ।

कार्यक्रमका विषिष्ट अतिथी फलेवास नगरपालिका का नगरप्रमुख गंगाधर तिवारीले यस विद्यालय इतिहास वोकेको विद्यालय रहेको र यस क्षेत्रकै पुरानो विद्यालय रहेको स्मरण गराउदै विद्यालयको गरिमा लाई उच्च राख्नु पर्नेमा जोड दिनुभयो ।

उहाले विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वधार विकासमा आवश्यक सहयोग गर्दै आएको वताउदै विद्यालयमा शैक्षिक गुणस्तरका लागि सवैले जिम्मेवारी वहन गनूपर्नेमा जोड दिनुभयो । कार्यक्रमकै अवसरमा नगरप्रमुख गंगाधर तिवारीले रु ५१,१११ । को विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको विद्यालयका प्रधानध्यापक विकास शर्मा सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट चन्दादाता,जग्गा दाता,अक्षयकोष दाता तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पुर्व शिक्षक डा योगेन्द्रराज रिजाल सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिना ,पुर्व विद्यार्थी रोशन गुरुङ्ग, पुर्वआर्थिक समितिका संयोजक निल कुमार रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वार्षीक प्रतिवेदन विद्यालयका पुर्व प्रधानध्यापक वासुदेव शर्माले प्रस्तुत गर्नूभएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकार कुवंरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यपक विकासशर्मा सापकोटाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक लक्ष्मण पौडेलले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img