दिल सागर बिसी
/पर्वत/
ग्रामिण क्षेत्र पर्वतको महाशिला गाउपालिका ४ मा रहेको लाम्तुन ग्रामिण होमस्टे आन्तिरिक पर्यटकको रोजाई वन्दै गएको छ ।
गाउँमा चिटिक्क पारेर सजाईएका घरहरुमा घरवास संचालन, लोक संस्कृति र प्रकृति दुवै देख्न पाइने हुनाले आन्तरिक पर्यटक वढ्न थालेका हुन् ।
शान्त वातवरणमा गाउँको परिवेशमा रमाउने र स्थानीय रहसनसहन र संस्कृतिलाई चासो राख्नेहरुका लागि लाम्तुन होमस्टे रोजाइ वन्न पुगेको छ ।

२०७५ सालमा स्थापना भएको यस होमष्टेमा पर्वत लगायत अन्य जिल्लावाट समेत पाहुनाहरु आउने गरेका छन् । गत वर्ष पर्वत स्याङजा कास्की र वाग्लुङ वाट ४२ जनाको टोली आएको होमष्टेका सचिव मनमाया गूरुङ्गले जानकारी दिनुभयो । होमस्टेमा आउने पाहुनाहरलाइ स्थानिय उत्पादन कोदो ,चामलको रोटी, मकै ,भट्ट तथा अन्य परिकार बनाउने गरेको साथै लोकल कुखुरा स्थानीय स्तरमा बनेका खानाका परिकारहरुले पाहुनाहरुको स्वागत गर्ने गरेको उहाले वताउनुभयो ।

१० घर वाट संचालन गरेको होमष्टेमा एक रातमा ४० जना पाहुनाहरुलाई सहजै राख्न सकिने होमष्टेका अध्यक्ष घनुमाया गूरुङले जानकारी दिनुभयो ।
तेसै गरि होमष्टे प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारवाट सामुदायिक भवनका लागि रु २० लाख सहयोग प्राप्त भएको पनि उहाले जानकारी दिनुभयो ।
गाउँको शिरानमा रहेकोे एक्काने डाँडाको काखमा रहेको सुन्दरगाउँ लाम्तुन वाट हिमश्रीङ्गखला अवलोकन गर्न सकिने साथै पर्वत लगाएत पाल्पा तानसेनको डाँडा , स्याङजा र गुल्मीका अग्ला डाँडाहरुको दृस्य समेत देख्न सकिन्छ ।

लाम्तुन गाउँका पर्यटकिय स्थलहरु
गाउँमा देवीभगवती मन्दिर,एतिहासिक गुम्वा, गुम्वाको माथी गाउँका सवैले मान्दै आएको थानीका देवता ,धुवाकोट यँहाका मुख्य पर्यटकिय एंव धार्मिक स्थल रहेका छन् ।गाउँमा वन्न लागेको ऐतिहासिक गूम्वामा गूरुङ संस्कृतिलाई झल्काउने गरि संग्राहलय वनाउन लागेको लामागूरु तथा समाजसेवी देव गूरुङले वताउनु भयो ।

गाउँ वाट करिव २० मिनेटमा एसियाकै ठुलो मानिएको महाशिलाको दर्शन गर्न सकिन्छ भने करिव १ घण्टाको पैदल मार्गवाट छिमेकी जिल्ला स्याङजाको सिमानामा रहेको एकानन्द गुफा पुग्न सकिन्छ ।
महाशिला ४ पाखापानी लाम्तुन गाउमा रहेको यस होमष्टेमा पर्वत जिल्लाको सदरमुकाम कुश्मा वाट पक्की वाटो करिव १ घण्टा ४५ मिनेट र स्याङजा वजारवाट करिव २ घण्टमा पुग्न सकिन्छ ।









