निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गैसस महासंघ पर्वतको साधारणसभा तथा जिल्ला नागरिक सम्मेलन सम्पन्न

१७ पौष, पर्वत / गैेसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २४ ओै साधारण सभा तथा जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ। मंगलवार कुश्मामा साधारणसभा तथा नागरिक सम्मेलन सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले नागरिक संगठनको छाता संस्थाको रुपमा गैसस महासंघ र नागरिक समाज सञ्जालले मुलुकको परिवर्तनको आन्दोलन र रुपान्तरणका अभियानहरुमा खेलेको भुमिका बिर्सन नहुने बताउनु भयो।

कुँवरले विकासको साझेदारको रुपमा समेत महत्त्वपूर्ण भुमिका खेलेका गैससहरुमा रहेको विज्ञता र क्षमताको सदुपयोग गर्नमा स्थानीय सरकार चुक्न नहुने उहाँको धारणा रहेको थियो। नागरिक संगठनहरुको सहभागीता र साझेदारी विनाको विकास प्रक्रिया अधुरो हुने बताउँदै अहिले प्रदेश सभा रिक्त प्रदेश कानुनहरु दिनको लागि मेहनत गरिरहेको र आफुले गैसस परिचालनका लागी समेत मार्गदर्शन हुने गरि प्रदेश तहमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी विष्णुराम वि.क. ले विकासको साझेदारीको लागि गैससहरुको आवश्यकता रहेको बताउँदै गैससमैत्री कानुनी व्यवस्था गर्न राज्यले ढिलाइ गर्नु नहुने बताउनु भयो।

पर्वत जिल्लामा गैसस र स्थानीय सरकारको समन्वय प्रभावकारी बनाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकी प्रदेश समितिका सचिव शिवप्रसाद शर्माले “गैसस महासंघको परिचय तथा पर्वतमा गैसस अभियान हिजो, आज र भोलि” विषयक प्रस्तुती र गैसस महासंघ नेपालका गण्डकी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पौडेलले “विपद जोखिम न्युनीकरण जलवायु अनुकुलमा संकटासन्न व्यक्ति तथा समुदायको अधिकार तथा सबाल” विषयक प्रस्तुति राख्नु भएको थियो।

कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य जगन्नाथ शर्मा, जिल्ला समन्वय अधिकारी कमल प्रसाद पुन, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल, नेपाल अपांग उत्थान समाज पर्वतका सदस्य विजय कुमाल शिक्षाको लागि राष्ट्रिय अभियान पर्वतका संयोजक यज्ञ प्रसाद शर्मा, सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जीवन उचै ठकुरी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सरिता भण्डारी, जिल्ला सहकारी संघ पर्वतका सदस्य घनश्याम उपाध्याय लगायतले गैरसरकारी संस्थाहरुको अभियान, सामाजिक विकासका परियोजनाहरु तथा विपद व्यवस्थापनमा गैससको योगदानका सम्बन्धमा समसामयिक विषयमा धारणा राख्नु भएको थियो।

कार्यक्रममा उठेका नागरिक सवालहरुलाइ समेटेर नागरिक समाज सञ्जाल पर्वतका संयोजक माधव पौडेलले १९ बुँदे नवौँ जिल्ला नागरिक सम्मेलनको पर्वत घोषणापत्रको प्रस्तावित खाका प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा गैसस महासंघ पर्वतका उपाध्यक्ष रामचन्द्र सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष फुलमाया सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष रमेशप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कृष्णप्रसाद शर्माले संचालन गर्नु भएको थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img