निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जलजला गाउँपालिकाले आफ्नै लोगो वनाउने ,उत्कृष्ट लोगो निर्माण गर्ने लाई नगद १० हजार पुरस्कार

फाल्गुण १८

पर्वतको जलजला गाउँपालिकाले आफ्नो पालिकाको पहिचान खोल्ने गरि लोगो निर्माण गर्ने भएको छ ।

पालिकाले ऐतिहासिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट पहिचान झल्किने गरी लोगो निर्माण गरिएको हो ।
लोगो राम्रो र उत्कृष्ट वनाउनका लागि फागुन ८ गते बसेको कार्यपालिका बैठकले प्रस्ताव आह्वान गर्ने निर्णय गरेको र फागुन १७ गते प्रस्तावका लागि आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले जानकारी दिनु भयो ।


गाउ पालिकाले इच्छुक नेपाली नागरिकले सुचना प्रकासन भएको मितिले ७ दिन भित्रमा लोगोको डिजाइन कार्यालयमा पेश गर्न अनुरोध गरेको छ । उत्कृष्ट लोगो निर्माण गर्ने व्यक्ति वा संस्थालाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।

लोगोमा गाउँपालिकाको नाम र नेपालको राष्ट्रिय झण्डालाई अनिवार्य रूपमा समावेश गरेको हुनुपर्ने, लोगोमा समावेश हुने कुनै पनि कुरा नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, सङ्घीय इकाई वा विभिन्न जातजाति धर्म सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने, जातीय लैङ्गिक तथा कुनै पनि खालको विभेद जनाउने तथा सार्वजनिक शिष्टाचार प्रतिकुल हुन नहुने भनिएको छ

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img