जेष्ठ २७ पर्वत / पर्वतको कुश्मा नगरपालिकालाई सफा कुश्मा अभियान थालेको नगरपालिकाले करिव डेढ वर्ष पछि सेवाग्राही खोज्न थालेको छ ।
फोहोर मैला व्यवस्थापन कार्यक्रम अन्र्तगत अहिले नगरका कर्मचारीहरु सेवाग्राही र नगरपालिकाले वितरण गरेको फोहोर संकलन कार्ड खौज्दै घर घर पुग्न थालेका हुन् ।
निकै लामो समय पछि मात्र सेवा शुल्क संकलनका लागि नगरपालिका का कर्मचारी आए पछि उपभोक्ताहरुले गुनासो गरेका छन् ।
१९ महिना पछि वल्ल सेवा शूल्क निल आउदा कसैको कार्ड नै हराएको र कसैले पहिला वनाएको कार्डनै लिएर अन्य स्थानमा सरेकोले भाडामा वस्नेलाई समस्य रहेको एक सेवाग्राहीले गुनासो गरे ।
नगरपालिकाले १९ महिना देखी हाल सम्मको शूल्क माग्दा समस्यामा परेको सेवाग्राहीहरुको गुनासो छ । उपभोक्ताहरुले मासिक शूल्क तिर्ने व्यवस्था नभएको र शुल्क संकलन कर्मचारीहरु पनि आज सम्म रकम उठाउन नआएका कारण उपभोक्तहरु समस्यामा परेका हुन् ।
नगरपालिकाले विगत केही वर्षदेखी कुश्मा वजारको फोहोर मैला व्यवस्थापनका लागि नितीनै वनाएर वजार एरियाको फोहोर व्यवस्थापन गर्दै आएको थियो । विगतका केही वर्ष सम्म सामुदायिक श्रँेत तथा वातवरणीय विकास केन्द्र सेक्र्रेड नेपालले फोहोर व्यवस्थापनका लागि नगरपालिका संग सम्झौता गरेर शूल्क उठाउदै आएको थियो ।
फोहोर संकलन र व्यावस्थापनको जिम्मा लिएको संस्थाले सम्झौता अनुसार काम गर्न छोडेपछी नगरपालिकाले नै फोहोर संकलन, व्यवस्थापन र शूल्क उठाउने कार्य गर्न थालेको कुश्मा नगरपालिका का प्रशासकिय अधिकृत घनश्याम गौतमले जानकारी दिनुभयो । सम्वन्धित संस्थालाई हिसाव मिलनका लागि खवर गरेका छौ अवका दिनमा नियमित रुपमा नै सेवा शूल्क संकलनको काम हुन्छ गौतमले वताउनु भयो । नगरपालिकाले कुहीने र नकुहिने फोहोरको छुट्टा छुट्टै संकलन गर्दै आएको छ ।
हाल सम्म करिव ४० प्रतिशत घरमा पुगेर तथ्यांक लिएको नगरपालिकाका टेक प्रसाद भुषालले जानकारी दिनुभयो ।
आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025