निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार ७, २०८१
Thursday, June 20, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा तिमिल्सिना निर्वाचित

२७ जेष्ठ पर्वत
नेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन वाट देवीप्रसाद तिमिल्सिना अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
जेष्ठ २५ र २६ गते पर्वतको फलेवासमा सम्पन्न अधिवेशनमा नया नेतृत्व चयनका लागि शनिवार निर्वाचन सम्पन्न भएको थियो ।


अध्यक्ष पदमा विजयी तिमिल्सिनाले १६४ मत प्राप्त गर्नुभएको थियो भने उहाका प्रतिद्धन्द्धी विक्रम जिसीले ४६ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा नारायण प्रसाद शर्माले १५९ मत प्राप्त गरि विजयहूनुभएको छ भने उहाका प्रतिद्धन्द्धी तारानाथ क्षेत्रीले ३९ मत प्राप्त गर्नूभएको छ ।
सचिवमा गोविन्द प्रसाद भुषालले १६६ मत प्राप्त गरि विजयहूनूभएको छ भने उहाका प्रतिद्धन्द्धी समुन्द्र शर्माले ३७ मत प्राप्त गर्नुभएको थियो । उप सचिवमा विनोद प्रसाद भुषाल र सुनिता शर्मा विजयहूनु भएको छ ।


नगरकमिटी सदस्यहरु भने सर्वसम्मत रुपमा चयन भएका छन् । नेकपा एमाले ले जेष्ठ मसान्त सम्म सवै पालिकामा अधिवेशन सम्पन्न गर्ने योजना अगाडी वढाएको थियो सोही अनुसार फलेवासमा अधिवेशन सम्पन्न भएको हो ।
नेकपा एमाले पर्वतको जिल्ला अधिवेशनमा दुइ लाइनमा चुनाव भए पछि पर्वतमा सवै पालिका यसको असर देखीएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img