निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, अशोज २७, २०८१
Sunday, October 13, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

देशै भर फैलिदै डेंगु सङ्क्रमण

मनसुन सुरु हुन लाग्दा देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ । रोग नियन्त्रण महाशाखा ईडीसीडी का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो ।
मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ ।

डेंगु लाग्न नदिन लामो समयसम्म एउतै ठाउमा पानी जम्मा हुन नदिने र यदी कुनै पानी जम्न सक्ने भाडाकुडा हरु छ भने , तेसलाई राम्ररी छोपेर राखने या नस्ट गर्नु पर्छ ।

लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म  छाला पुरै छोप्ने  खालका कपडाहरु लगाउनु पर्छ ।

पुरै  शरीर मा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ ।

झ्याल ढोका हरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरि जाली /पर्दा या झूलको प्रयोग गर्नु पर्छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img