निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेकपा एमाले फलेवास नगर कमिटिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न ।

१ असार पर्वत।

नेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन वाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पहिलो वैठक शनिवार फलेवासमा सम्पन्न भएको छ ।

शनिवार खानीगाउँमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सो अवसरमा निर्वाचित नगरकमिटिका पदाधिकारी, सदस्य, लेखा आयोगका पदाधिकारीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका उपमहासचिब पृथ्वी सुब्बा गुरुङले राजनीतिक दलहरुले जनचाहना मुखि काम गर्नुपर्नेमा जोड दिनुभयो । दलहरु सत्तामा हुँदा होस् या नहुँदा नागरिकका इच्छा, आकांक्षा र आवश्यकता अनुरुपका काम गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले यो मुलुकको समृद्धि र विकास एमालेलेनै गर्न सक्ने बताउँदै एमालेलाई शक्तिशालि दल बनाउनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीले थालेको मिसन ८४ लाई साकार पार्नका लागि तल्लो तहसम्म कार्यकर्ताहरु परिचालित हुन आग्रह गर्नुभयो । पार्टी राजनीतिमा हुने प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिँदै एकजुट भएर अघि बढ्न उहाँको सुझाव थियो ।


कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य कल्पना चापागाई, केन्द्रीय लेखा आयोग सदस्य केश वहादुर केसी, प्रदेश कमिटिका पदाधिकारीतथा सदस्यहरु, जिल्ला अध्यक्ष गोविन्द पहाडी, नेता पदमपाणी शर्मा लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष देविप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष नारायण शर्मा र संचालन सचिब गोविन्द भुसालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img