निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा खानेपानीका श्रोतमा  भेटियो दिसामा हुने ‘कोलीफर्म’

 

३ असार पर्वत ।

पर्वतमा खानेपानीका श्रोतमा दिशामा हुने किटाणू ‘कोलीफर्म’भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले आज पर्वतको कुश्मामा आयोजना गरेको खानेपानी गुणस्तर निगरानी तथा सूरक्षा सम्वन्धि कार्याक्रममा सो तथ्यांक सार्वजनिक भएको  हो  ।

चालु आर्थीक वर्षमा पर्वत जिल्लाका विभिन्न स्थान वाट १०६ वटा नमुना संकलन गरी खानेपानीको परिक्षण गरिएकोमा ३६ प्रतिशतमा दिशामा देखिने किटाणु ‘कोलीफर्म’भेटिएको हो । तेसै गरि अघिल्लो आर्थिक वर्षमा १६८ वटा नमुना संकलन गरि  परिक्षण गरिएकोमा ४३ प्रतिशत खानेपानीमा ‘कोलीफर्म’ भेटिएको थियो ।

पछिल्लो समय प्रदुषित खानेपानीका कारण पर्वत जिल्ला अस्पतालमा विरामीको संख्या समेत वढ्दै गएको छ । गत वर्ष ५२ जना दुषित खानेपानीका कारण विरामी परेका थिए भने यस वर्ष अझै वढ्न सक्ने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । ‘कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत रोगको सङ्क्रमण हुने गर्दछ ।

पानीलाई शुद्ध वनाउनका लागि पानीमा क्लोरीन राखेर पिउने, उमालेर मात्रै पानी पिउने, फिल्टर गरेको पानी प्रयोग गर्ने लगायतका उपायहरु अपनाउन स्वास्थ्य कार्यालयको सुझाव छ । 

०.१ देखी ०.५ सम्म क्लोलोरिनको मात्र रहेको खानेपानी पिउनका लागि योग्य मानिन्छ । नेपालमा २०१९को सर्वेक्षण  अनुसार १९ प्रतिशत खानेपानी मात्र स्वाच्छता रहेको छ । 

स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको खानेपानी सुरक्षा योजना सम्वन्धि कार्याक्रममा विश्व स्वास्थ्य संगठन प्रदेशिक स्वास्थ्य अधिकृत अनिल भट्टराइले पर्वत जिल्लाको खानेपानीको गुणस्तरको  वारेमा जानकारी गराउदै पछिल्लो समय पर्वत जिल्लाका खानेपानीका श्रोतहरु दुषित हुदै गएको वताउदै स्वाच्छ खानेपानीका लागि सुरक्षा योजना तयार गरेर अगाडी वढ्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिका उप प्रमुख स्वस्थानी रिजाल कुश्मा नगरपालिका क्षेत्रमा स्वाच्छ खानेपानी व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको वताउदै आगामी दिनमा पनि उपभोक्तहरुको हितका लागि आवश्यक सहयोग पुर्याउने वताउनु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिका का विभिन्न वडाका वडाअध्यक्षहरु खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरु , स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको  संचालन फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नूभएको थियो ।

 

 

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img