निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, भदौ ३०, २०८१
Sunday, September 15, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चार भन्ज्याङ तमु समाज युरोपयिन युनयिन अध्यक्षमा प्रेमकाजी गुरुङ चयन ।

बेल्जियम

चार भन्ज्याङ तमु समाज युरोपियन युनियन अध्यक्षमा पुर्ब प्रबासी नेपाली मन्च नेदर्लेन्डका अध्यक्ष प्रेमकाजी गुरुङ चयन भएका छन ।
तमु समाज बेल्जियमका पूर्व अध्यक्ष , पर्वत वेल्फेयर समाज बेल्जियमका अध्यक्ष तथा चार भन्ज्यङ तमु समाज समन्वय समितिका सल्लाहकार श्रीमति नन्दकुमारी गुरुङको समन्वयमा र चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति ICC का अध्यक्ष ह ले चन्द्रबहादुर गुरुङको अध्यक्षता मा २३ जुन २०२४ बेल्जियमको अन्टर्पेन सहर मा एतिहासिक कार्यक्रम सम्पन्न भएको थियो ।


चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष ह ले चन्द्रबहादुर गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमको पहिलो चरणमा चार भन्ज्याङ तमु समाजको आवस्यकता र यसको औचित्याबारे बृहत अन्तरकृय कार्याक्रम गरिएको थियो।


अन्तरक्रिया कार्यक्रममा चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति ICC का अध्यक्ष चन्द्र गुरुङ्ले पावर पोइन्ट वाट प्रेजन्टेशन गर्दै समाजले मुख्य दुइ भागमा काम गरिरहेको बताउनु भयो। पहिलो भाग गुरुङ्हरुको धर्म भेषभुषा भाष सस्कृति परम्परा र पहिचान को जगेर्न गर्न र दोश्रो चार भन्ज्यङ छेत्र बिकाशको लागि चार भन्ज्यङ्ग बासि र स्थानिया सरकार मिलि शिक्ष स्वास्था पर्याटन कृषि बातबरण जस्ता छेत्रमा बिकास गर्दै समृद चार भन्ज्याङ तथा मानबिय सहयोग गर्ने मुल उदेश्य रहेको बताउनु भयो।


उद्घाटन कार्यक्रममा वोल्दै गुरुङले चार भन्ज्याङ तमु समाजले स्थापना देखी हालसम्म गरेका गतिविधि एवं उपलब्धिहरु, संस्थाको अवधारण र भावि योजनाबारे जानकारी गराएका थिए । चार भन्ज्याङ तमु समाज गठनले दाजुभाई ,दिदिवहिनी, लगातका आफन्तजनहरु विच आत्मिय सत्भाव र समाजिक भावना वढ्दै गएको वताउदै नेपालका ग्रामिण वस्तीमाहरुमा शिक्षा , स्वास्थ्य ,कृषि , पर्यटन तथा बातावरण क्षेत्रमा सहयोग पुराउदै आएको बताए।


तमु धीं युकेका अध्यक्ष तथा चार भन्ज्याङ तमु समाज यु के र चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहाकार हरि गुरुङले चार भन्ज्याङ तमु समाजको गरिमा, ठाना भगंरा लामे दाद्रा खेवङ मुलाबरि भोक्सिङ मात्र नभै सम्पुर्ण गाउहरुलाइ एक ठाउमा ल्याइ आफ्नो पहिचान र बिकासको लागि यो सस्थाले स्थापना देखि अहिलेसम्म ठुलो भुमिका खेलेको बारे प्रकाश पारे ।


चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष वेन गुरुङले चार भन्ज्याङ युकेले बेलायतमा आयोजना गर्ने वार्षीक कार्यक्रम तथा अन्य संघसंस्था सँग समन्वय र साझेदारी गर्दै कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने तथा हरेक कार्यक्रममा युवा वर्गलाई प्रोत्साहन गर्ने बताए । साथै यहि अक्टोबर महिनामा चार भन्ज्यङ युथ समुहाबाट हुन गैरहेको भिजिट चार भन्ज्यङ २४ कार्यक्रममा सबै युवा र अभिभावक जोडिन अनुरोध गर्नुभयो।

निवर्तमान अध्यक्ष मदनप्रसाद गुरुङ र पूर्वकोषाध्यक्ष जगत गुरुङले चार भन्ज्याङले गरेका राम्रा काम हरुमा बारे प्रकश पर्दै यस अभियनामा जोडिन पार्स्पारिक सम्बन्ध तथा मातृभुमिको विकास गर्न चार भन्ज्याङ तमु समाज युरोपियन युनियन गठन आवश्यकता रहेको र यसले भविष्यमा समाज अझै बलियो हुने बताए ।


उक्त अन्तरक्रिया कार्याक्रममा प्रबासि नेपालि मन्च नेदर्लेन्डका पुर्ब अध्यक्ष प्रेमकाजि गुरुङ, प्रबासि नेपालि मन्च बेल्जियमका पुर्ब अध्यक्ष चन्द्रा गुरुङ, जनजाति माहासङ्ह बेल्जियमका सचिब उमा गुरुङ, यन आर यन नेदर्ल्यन्ड का उप अध्यक्ष अ्मिर गुरुङ, तमु समाज बेल्जियमका पूर्व अध्यक्ष , पर्वत वेल्फेयर समाज बेल्जियमका अध्यक्ष तथा चार भन्ज्यङ तमु समाज आइसिसि का सल्लाहकार श्रीमति नन्दकुमारी गुरुङ लगाएत उपस्थित बुद्धिजिबिहरु बाट चार भन्ज्याङ तमु समाज ले गरेको कामहरु प्रति गौरब गर्दै हामि सबै एक भै आफ्नो समाज र गाउघरको बिकास गर्नु पर्नेमा एकेबद्द्ता जनाउदै चार भन्ज्याङ तमु समाज युरोपियन युनियन गठन आवश्यकता रहेको बताए।


यस बृहत अन्तरक्रिया कार्यक्रम पछि दोश्रो चरणको कार्यक्रम मा युरोपियन युनियन सदस्याहरुको बन्दसत्र बैठक चलेको थियो। उकत बैठकबाट श्री प्रेमकाजी गुरुङ्को अध्यक्षतामा ११ जन सदस्य सहित चार भन्ज्याङ तमु समाज युरोपियन युनियन तदर्थ समिति चयन गरिएको थियो।

तदर्थ समिति सदस्याहरु को नामावली यस प्रकार रहेको छ । अध्यक्ष प्रेमकाजी गुरुङ ( नेदरल्याण्ड ) ,उपाध्याक्षयाम कुमारी (उमा) गुरुङ (बेल्जियम )। सचिव बिकाश (सुबाश) गुरुङ (बेल्जियम ) ,कोषध्याक्ष कर्णबिर गुरुङ (बेल्जियम ) ,सदस्य चन्द्र कुमारी गुरुङ (बेल्जियम ) ,अमिर गुरुङ (नेदरल्यान्ड ) वुद्ध गुरुङ (बेल्जियम) सदस्य परिक्क्षा गुरुङ (बेल्जियम ) संगीता गुरुङ (बेल्जियम) राजेश गुरुङ (बेल्जियम) धिराज गुरुङ (बेल्जियम )

चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष ह ले चन्द्र गुरुङले नवनिर्वाचित अध्यक्ष प्रेमकाजी गुरुङलाई फेटा र समाजको खादाले सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष बेन गुरुङले संस्थाको ब्याज वितरण गरेर बधाई दिएका थिए ।

नवा निर्वाचित अध्यक्ष गुरुङले चार भञ्ज्याङ बेल्जियम युरोपको तदर्स समितिको अध्यक्षमा चयन भएकोमा सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा सस्थालाइ तन, मन, कर्म र विचारले सक्दो योगदान गरि सहयोग गर्ने प्रति बध्धता जनाउनु भयो । कार्यक्रम बेलुका १९ बजे अन्त भएको थियो अध्यक्ष चन्द्र गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम संचालन अमिर गूरुङले गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img