फलेवास नगरपालिका वडा नं। ५ लमाएखोलको फाटमा अखिल नेपाल किसान महासंघ पर्वतको आयोजनामा रोपाई कार्यक्रम सम्पन्न भएको छ । असार १५ को पारेर महासंघले रोपाई कार्यक्रम आयोजना गरेको हो ।
रोपाई कार्यक्रममानेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्माको पनि सहभागिता रहेको थियो । रोपाई कार्यक्रममा वोल्दै शर्माले अन्नवालीको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाले अरबौको धान नेपाल भित्रिने गरेको र ठुलो धनरासी वाहरि गएको बताउँदै यसको अन्त्य गर्नका लागि कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । कृषि क्रान्ति नगरेसम्म मुलुकमा समाजवाद आउन नसक्ने बताउँदै राज्यले कृषि क्षेत्रको विकासका लागि उचित योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, संविधानसभा सदस्य विकास लम्साल, गण्डकी प्रदेश सभा सदस्य मित्रलाल शर्मा, एमाले पर्वतका पुर्व अध्यक्ष राजु पौडेल, फलेवासका संस्थापक नगरप्रमुख पदमपाणी शर्मा, एमाले पर्वतका पुर्व उपसचिब शिव पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जीवन उच्चै ठकुरी, फलेवासका नगर अध्यक्ष देवि प्रसाद तिमिल्सिना, किसान महासंघका केन्द्रीय सदस्य सुनिता शर्मा, निर्मला शर्मा लगायतले बोल्नुभएको थियो ।
रोपाई कार्यक्रममा फलेवास नगरपालिका का नगरप्रमुख गंगाधर तिवारीको पनि उपस्थिती रहेको थियो ।
अखिल नेपाल किसान महासंघ पर्वतका अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रोपाई महोत्सवमा नेता कार्यकर्ता र स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।