निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, असार २९, २०८१
Saturday, July 13, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार विरुवा वितरण गर्दै ।

डिल सागर विसी
१६ असार २०८१ पर्वत /

भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।
कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्र्तगत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा ७ हजार वढी कुल ६७ हजार विरुवा वितरण गरिने कार्यालय प्रमुख दिवाकर पौडेल जानकारी दिए । कार्यालयले डालेघास राइखन्यू , निमारो र किम्वुका विरुवा निशूल्क रुपमा विरुवा वितरण गर्न थालेको हो ।

आज कार्यालयमा एक कार्याक्रमको आयोजना गरि विरुवा वितरण गरिएको हो । विरुवा वितरण कार्यक्रममा वोल्दै जिल्ला समनवय समितिका प्रमुख विष्णुराम विकले विरुवा वितरण गर्दा अभिलेख राखेर गर्नुपर्ने र विरुवा वितरण पछि पनि अनुगमन गर्नूपर्नेमा जोड दिनु भयो ।
विरुवा उत्पादमा राज्यको रकम खर्च भएकोले विरुवा लगेर कसैले पनि दुरुपयोग नगर्न अनुरोध गर्नूभयो ।

पर्वत लगाएत म्याग्दी ,वाग्लुङमा वाझो जमिनमा डालेघासको रुपमा रायूखन्यो ,निमारो वढी मात्रमा लगाउने प्रचलन अनुसार माग वढि आउने गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कार्यालय परिसरको नर्सरीवाट वाट पर्वत र वाग्लुङ जिल्लाका किसानले विरुवा लाने गरेका छन् ।

यस वर्ष म्याग्दीवाट १५ हजार वाग्लुङवाट १५ हजार स्याङजा वाट १५ हजार र पर्वत वाट २२ हजार गरि ६७हजार डालेघासका विरुवा वितरण गर्न लागेको कार्यालयले जानकारी दिएको छ ।

गत वर्ष पनि यही सिजनमा ७० हजार डालेघासका विरुवा वितरण गरेको कार्यालयले जनाएको छ । डालेघासका विरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डालेघासका विरुवा लगाउदा भु क्षय न्यूनिकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुदा कार्यालयले हरेका वर्ष डालेघासका विरुवा वितरण गर्दै आएको हो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img