निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, मंसिर २३, २०८१
Sunday, December 8, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जिल्ला समन्वय समिति पर्वत र पत्रकारहरु विच समन्वय वैठक सम्पन्न – सुनौलो खवर

२४असार २०८१ ।

जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पर्वतमा क्रियाशिल पत्रकारहरु विच समन्वय वैठक सम्पन्न भएको छ । असार २३ गते सम्पन्न भएको वैठकमा पर्वतमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

वैठकमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपाल सरकारले दिएको अधिकारमा रहेर समन्वय समितिले यस आ व मा विभिन्न योजना अनुगमन तथा समन्वय वैठकहरु सम्पन्न गरेको जानकारी दिए ।

कालिगण्डकी दोहन नरोकिएको विषयमा पत्रकारहरुले उठाएको प्रश्नमा विकले आफुले कालिगण्डकी दोहन रोक्नका लागि सक्दो प्रयास गरेको र कैयौ पटक नदिकिनारा वाट सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको वताए । स्थानिय सरकारको सक्रियतामा कमी हुदा कालिगण्डकी दोहन नरोकीएको विकको भनाई छ । अवैध तरिका वाट हुने कालिगण्डकी दोहन रोक्न सवैको सहयोग र सहकार्य रहेको विकले वताए ।

कार्यक्रममा जिल्ला समवन्वय अधिकारी कमल प्रसाद पुनले समन्वय समितिले यस आवमा सम्दान गरेका मुख्य कार्यक्रमहरु र उपलब्धीहरुको वारेमा जानकारी गराए । जिल्ला समन्वय समितिको मुख्य कार्यनै संघ , प्रदेश सरकार र स्थानियतह वाट सम्पादन भएका योजनाहरुको अनुगमन गर्ने समन्वय गर्ने रहेकोले सोही अनुसार प्रगती प्रतिवेदन तयार भएको पुनले जानकारी दिए ।

कार्यक्रममा वोल्दै समन्व्य समितिका उप प्रमुख सोम जिसीले कालिगण्डकी नदीवाट लुकीचोरी गिटी वालुवाको विक्री वितरण हुने गरेको सत्य भएको वताउदै दोषीलाई कडाकारवाही गर्न नसकिएकोले पटक पटक कालिगण्डकी दोहन हुने गरेको वताए ।

समन्वय वैठकमा उपस्थित पत्रकारहरुले जिल्ला समन्वय समितिले अनुगमन गर्ने योजनाहरमा पत्रकारहरुलाई पनि सहभागी गराउन अनुरोध गरेका थिए ।
पछिल्लो समय संघ, प्रदेश र स्थानिय निकाय सम्पादन भएका विकास निर्माणका कार्यहरुमा गुणस्तरमा कमी आएको योजना पुरा नहुदै भत्तकिने गरेका घटना वाहिर आएका छन् ।
कार्यन्वयन भएका योजनाहरुको गुणस्तरमा कमी आएको भ्रष्टचार मौलाउदै गएकोमा दोषीहरुलाई कारवाहीको दाहेरामा ल्याउनु पर्ने सहभागीहरुले वताएका छन ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img