निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

स्वास्थ्य कार्यालय पर्वतको वार्षीक प्रगती सार्वजनिक

असार २६ पर्वत ।

स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०।२०८१को वार्षिक प्रगती सार्वजनिक गरेको मंगलवार पत्रकार सम्मेल गरि कार्यालयले वर्ष भरि सम्पादन गरेका कार्यक्रमहरुको प्रगती सार्वजनिक गरेको हो

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले सङ्घ तथा प्रदेश सरकारले स्वास्थ्य कार्यालयलाई पाँच वर्ष मुनिका बालबालिकाहरू, गर्भवती, बालबालिकाहरूको नियमित खोप कार्यक्रमहरू

लाई केन्द्रित गरेको लेसोही अनुसार कार्यक्रम संचान गरेको शर्माले वताए

पछिल्लो पटक पाँच हजार सात सय ६० जनालाई कोभिड बिरुद्धको बुस्टर खोप दिइएको, पाँच हजार तीन १३ जना बालबालिकाहरूलाई पोलियो विरुद्धको आईपिभि खोप दिइएको, हजार सय ५६ जना बालबालिकाहरूलाई दादुरा रुबेला बिरुद्धको खोप दिइएको तथा पाँच हजार दुई सय ९६ जना बालबालिकालाई नियमित खोपको पूरा गरिएको कार्यालय प्रमुख शर्माको प्रतिवेदनमा उल्लेख

 एक वर्षको अवधिमा कार्यालयले जिल्लाका १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान सहितको बिदाइ गरेको

पछिल्लो पटक सेवन गरिएको हात्तीपाइले रोग बिरुद्धको औषधिले अहिलेसम्मको अवस्था राम्रो रहेकोले आगामी दुई वर्ष औषधि सेवन गर्नु नपर्ने, जिल्लमा जना नयाँ कुष्ठरोग १३ जना एच।आई।भी सङ्क्रमितहरू थपिएको, जिल्लाका ८२ वटा पानीका स्रोतबाट दुई सय ४० वटा नमुना लिएर परीक्षण गर्दा ३३ वटा नमुनामा कोलिफर्म भेटिएपछि सम्बन्धित स्थानीय तहलाई पानीको अवस्थामा सुधार गर्न अनुरोध गरिएको पनि कार्यालय प्रमुख शर्माले बताए

उनका अनुसार कार्यालयमा चालुतर्फ सङ्घ प्रदेशबाट गरेर पाँच करोड १४ लाख ४४ हजार एक सय रुपैयाँ आएकोमा यसमध्येको ८७।५६ प्रतिशत अर्थात् चार करोड ५० लाख ४२ हजार सय ९४ तथा पुँजीगततर्फ एक करोड ४२ लाख ५० हजार बजेट आएकोमा यसमध्येको ५५।९९ प्रतिशत अर्थात् ७९ लाख ७८ हजार आठ सय ९३ रुपैयाँ खर्च भएको यस्तै भौतिक प्रगति ९६ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जि।सी, समन्वय अधिकारी कमलप्रसाद पुन, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बास्तोला, कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका कोष नियन्त्रक गुरुदत्त शर्मा, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि भरत सापकोटा, विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध पत्रकार, स्वास्थ्य कार्यालयका कर्मचारीहरू सहितको उपस्थिति रहेको थियो

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जि।सी।ले जिल्लामा रहेको कार्यालय तथा राज्यका अन्य संरचनाहरूमा अधिकार प्रत्यायोजन नगर्दा काम गर्नमा नै समस्या भइरहेको बताए देशमा सङ्घीयता आएको भए पनि राज्यले अधिकार स्थानान्तरण नगर्दा नागरिकले सङ्घीयताको अनुभव गर्न नपाएको उनको भनाई साबिकको जिल्ला विकास समिति जिल्ला स्वास्थ्य कार्यालय रहँदाको अवस्थामा जस्तै सुविधा नागरिकले खोजेको भए पनि यी यस्तै अरू कार्यालयहरूलाई समन्वय गर्नका लागि मात्रै राखिएको उनको भनाई

स्वास्थ्य कार्यालय पर्वतका  प्रमुख प्रविण शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी तथा पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले गरेकी थिइन्        

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img