२३ असार, पर्वत ।
अबिरल वर्षातका कारण पर्वतमा २ जनाको मृत्यू भएको छ भने ४ घर र पहिरोले पुरिएका छन् । पर्वतको फलेवास १ कार्कीनेटामा शनिवार दिउसो पहिरो आएर गोठ पूरिदा २ जनाको मृत्यू भएको हो । गोठमा वाधेका भैसीको उद्धार गर्न जादा दुवै जना पहिरोमा पुरिएका हुन् । मृत्यू हुनेमा वर्ष ४०का भलकप्रसाद पौडेल र अधिखोला गापा ३का वर्ष ३३का तुलसी प्रसाद पौडेल रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव हिजो वेलुका गोठ भन्दा केही तल परिएको अवस्थामा भेटिएको थियो । तेसै गरि शनिवार रातीको अविरल वर्षाले पर्वतका विभिन्न पालिकमा ४ घर पहिरोले पुरिएका छन् ।
पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा २ वटा घर पहिरोले पुरेको छ । पहिरोले लक्ष्मी दर्जी र विष्णुमाया दर्जीको घर पूर्ण रुपमा पुरिएको वडाअध्यक्ष लालकृष्ण शर्माले जानकारी दिए । घर पूरिए पनि मानविय क्षती भने भएको छैन ।
त्यसै गरि महशिला गाउँपालिका का विभिन्न वडामा गएको पहिरोका कारण ३ वटा घरहरु विस्थापीत भएका छन् । महाशिला ५ लुंखुमा २ वटा गोठ पहिरोले पुरेको छ भने महाशिला ४ पाखापानीमा एउटा घरमा बर्षात क्षति पुराएको छ । अबिरल वर्षातका कारण फलेवासको देविस्थानका विभिन्न ठाउमा जमिन भासिनुका साथै पहिरो आउदा मोटरवाटो समेत अवरुद्ध भएको छ ।