डिल सागर विसी पर्वत
२६ असार २०८१ पर्वत /
भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आव २०८०/२०८१ को वार्षिक प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यालय प्रमुख दिवाकर पौडेलले भौतिक प्रगती ९५ प्रतिशत र समग्र वित्तिय प्रगती ८८.९४ प्रतिशत रहेको जानकारी गराएका हुन् ।

जिल्ला समन्वय समितिका पर्वतका उपप्रमुख सोम व जिसी , जिल्ला समन्वय अधिकारी कमल प्रसाद पुन मोदि गाउपालिकाका अध्यक्ष हिरादेवी शर्मा , पैंयूगाउपालिका उपाध्यक्ष यमकुमारी राना , जिल्ला प्रशासन कार्यालय पर्वतका प्रतिनिधी भरत सापकोटा ,डिभिजन वन कार्यालयका प्रमुख झ्याम नारायण सापकोटा सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जिवन उचै ठकुरी लगाएत पत्रकारहरु तथा विभिन्न कार्यालयका प्रतिनिधीहरुको उपस्थितीमा कार्यालय प्रमुख दिवाकर पौडेलले यस वर्ष सम्पादन गरेका कार्यक्रमहरुको प्रगती तथा उपलब्धिहरुको वारेमा जानकारी गराएका हुन ।
पौडेलले प्रदेश र संघको गरि कार्यालको कुल वजेट १२ करोड १७ लाख रहेकोमा प्रदेश तर्फका योजना मा ८९.८५ प्रतिशत र संघ तर्फको वजेटमा ८२.४४ प्रतिशत वित्तिय प्रगती भएको जानकारी दिए । यस वर्ष विविध कारणले १ करोड ३४ लाख त्रिपन्न हजार खर्च हुन नसकेको पनि पौडेलले वताए ।
यस वर्ष मूस्ताङमा ९ वटा म्याग्दमिा १६ वाग्लुङमा ३४ पर्वतमा ३७ र स्याङजामा ५० गरि कुल १४६ वटा योजना सम्पन्न भएको ,वस्ती पुर्वधार , खेतवारीको संरक्षणमा योगदान पुगेको , पानी मुहान संरक्षण विरुवा उत्पादन वासको क्लम कटिङवाट रोजगारी श्रृजना भएको करिव ६ हजार घरधुरी का ३० हजार जनसंख्याले लाभान्वित भएको ६७ हजार डालेघासका विरुवा उत्पादन गरि वितरण भै रहेको कार्यालयले जनाएको छ ।
प्रदेश र संघ वाट योजना छनौट हुदा वास्तविक आवश्यकता भन्दा कसैले भनसुनको आधारमा योजना पार्ने र कुनै योजनाहरु कार्यालयको निति वाहिर रहेकोले पनि आफुलै कार्यान्वयन गर्न नसकेको कार्यालय प्रमुख पौडेलको भनाइ रहेको छ ।
यस वर्ष वाटो ढलान गर्ने योजना संघवाट आएको थियो यो हाम्रो कार्यालय सम्वन्धित योजना नभएकोले हामीले कार्यन्वयन गरेनौ पौडेलले थपे । पछील्लो समय पहुचका आधारमा योजना आउदा कार्यान्वयनमा समस्या देखिएको छ ।
कार्यालयको वेरुजू कमी ल्याउन आफुले सक्दो प्रयास गरेको पनि पोडेलले वताए हाल २ लाख ५० हजार वेरुजू रहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका उप प्रमुख सोम व जिसीले प्रदेश र संघ वाट आउने योजनाहरुको वारेमा आफुहरु अनविज्ञ रहेको वताउदै पहुचको भरमा योजना आउने चलनले वास्तविक समस्यमा परेकाहरु पिडामा रहेको वताए । जिसीले आगमी दिनमा योजना वनाउदा छलफलको आधारमा छनौट हुनेपर्ने वताए ।
कार्यक्रममा विभिन्न निकाय वाट उपस्थित व्यक्तिहरुले भु तथा जलधार व्यवस्थापन कार्यालयका योजनाहरु छनौटको विषयमा असन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा योजना छनौट गर्दा छलफलको आवश्यकता रहेको वताए यता कार्यालय प्रमुख पोडेलले प्रदशको र संघका योजनाहरु कसरि छनौट भए आफुलाइ थाहा नभएको एकै चोटी योजना र वजेटको लिष्ट आउदा मात्र थाहा भएको जानकारी दिए ।