निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, भदौ ३०, २०८१
Sunday, September 15, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चार भन्ज्याङ तमु समाज यूकेको ग्रिष्मकालिन भेटघाट १७ अगष्टमा आयोजना हुने

लण्डन/

चार भन्ज्याङ तमु समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएको ग्रिष्मकालिन भेटघाट कार्यक्रम यस वर्ष पनि १७ अगष्ट २०२४ आयोजना हुने भएको छ ।

चार भन्ज्याङ गाउ बाट बाहिरा विवाहित भएर गएका चेलीबेटी तथा ज्वोई परिवारहरुलाई निमन्त्रर्ण गरि रमाइलो बातावरणमा एक आपसमा परिवारिक भालाकुसारी गर्ने लक्ष्यका साथ आयोजना गरिने यस कार्यक्रममा चार भन्ज्याङ तमु समाजका सदस्यहरु ,दाजुभाई ,दिदिवहिनी, लगातका आफन्तजनहरु विच आत्मिय सत्भावका लागि मत्वपुर्ण भुमिका खेल्ने चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेन गुरुङले वताए ।

समाजले विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालका विभन्न ठाउमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ । विषेश गरि चारभन्ज्याङ गाँउमा स्थापना भएको चारभन्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिन संचालनले ग्रामिण गाँउका विपन्न वर्गहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

विगत वर्षदेखी समाजले नेपालका ग्रामिण वस्तीमाहरुमा शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग सहयोग पुगेको जानकारी गराउदै समाजले आयोजना गरेको ग्रिष्मकालिन भेटघाट कार्यक्रममा चार भन्ज्याङ तमु समाजका सदस्यहरु ,दाजुभाई ,दिदिवहिनी, सवै उपस्थित हुन पनि अध्यक्ष गुरुङ आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हाशिल गरेका व्यक्तिहरुलाई सम्माम गरिने र नया सदस्य ज्यूहरु लाई स्वागत तथा असी वर्ष पुगेका अग्रजहरुलाई सिल्भर कलर सुनौलो लठ्ठी प्रदान गरि सम्मान गरिने समाजले जनाएको छ ।

ग्रिष्मकालिन भेटघाट कार्यक्रममा नेपालका वहुचर्चित लोकदोहरी गायक गायिका मनमाया वाइवा र राजु ढकालको सांगितिक प्रस्तुती रहने समाजले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img