निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

भंगरा एकता सामाजिक कृषि सहकारीमा आवद्ध कृषकहरुलाई कृषी सामाग्री र विउ वितरण

९ असार /

समाज कल्याण श्रोत विकास केन्द्र ,सोडेक नेपाल द्धारा गुड नेवर्स इन्टनेशनल,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत अगुवा कृषक हरुलाई प्लाष्टिक टनेल,डम, हजारी वितरण गरिएको छ ।


पर्वतको फलेवास नगारपालिका ९ मा स्थापना भएको भंगरा एकता सामाजिक कृषि सहकारी संस्था मा आवद्ध १८ जना प्राकृतिक खेती गर्ने कृषकहरुलाई प्लाष्टिक टनेल,डम, हजारी र थ्भिियध त्चबउ वितरण गरिएको साथै ५४ जना कृषकहरुलाई काउली वन्दा धनिया साग लगाएतक तरकारीको विँउ वितरण गरिएको परियोजना अधिकृत रमेश प्रसाद रिजालले जानकारी दिए ।


संस्थाले परियोजनाको सहयोगमा भंगरामा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरण लाई कम क्षती हुनेगरि प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरि प्राकृतिक खेती अभियान थालिएको हो ।


प्राकृतिक खेती खेती विस्तारका लागि संस्थाले गुड नेवर्स इनटरनेशनल,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत किसानहरुलाई तालिम संचालन गर्दै आएको संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले वताए ।


संस्थाले प्रवद्र्धन गरेको सहकारी मार्फत कृषकहरु आयआर्जनका कार्यक्रम तर्फ उन्मुख हुदै गएको फलेवास ९ का कार्यवाहक अध्यक्ष दुर्गाराज सुवेदीले वताए । सुवेदीले सवै कृषकहरु लाई आफुले लगेको सामानहरुको उचित प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img