१२ श्रावण २०८१ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका पर्वतको प्रगती ९३ प्रतिशत रहेको छ । विहिवार जिल्ला प्रशासन कार्यालया आयोजना भएको कार्यालयहरुको प्रगती सार्वजनिक कार्याक्रममा इन्जिनियर रामचन्द्र तिमिल्सिनाले प्रगतीको वारेमा जानकारी गराएका हुन् ।
गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा यस आ व मा पुजिगत तर्फ रु १८ करोड ७४ लाख ५० हजार वजेट रहेकोमा कुल १७ करोड ४२ लाख ८६ हजार नौसय खर्च भएको कार्यालयले जनाएको छ ।
यस आवमा प्रदेश मातहतका ८३ वटा योजना र संघिय सरकार अन्र्तगतका २६ वटा योजना गरि कुल १०९ वटा योजना सम्पन्न भएको कार्यालयका प्रमुख विष्णुहरी अधिकारीले जानकारी दिए ।
पर्वतमा गत वर्ष सम्म ४४३८ हेक्टर जमिन सिंचित रहेकोमा यस वर्ष १४१ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा थप भै ४५७९ क्षेत्रफल सिंचित रहेको छ ।
त्यसै गरि गत आव सम्म वाह्रै महिना सिंचित जग्गा १६५४ हेक्टर रहेकोमा यस आवमा १६९४ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । भुमिगत सिंचाई डिप ट्यूवल वाट १० हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
टुक्रे योजनाको सख्या वढिहुनु ,योजना कार्यान्वयनमा सामाजिक तथा राजनितिक विवाद , मुहान विवादले गर्दा यस वर्ष योजना कार्यवन्यनमा समस्या आएको त्यस्तै चिर्दिखोला घट्टेकुलो सिंचाई योजनाको काम सम्पन्न नभएको ठेक्का समय अवधि सकिएकोले समस्या सम्झौता अनुसार भुत्तानी गर्न समस्या भएको, नदी नियन्त्रणका योजनाहरुको समयमानै डिपीयार नसकिएकोले योजना अघि नवढेको कार्यालयले जनाएको छ ।