निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

महाशिलामा शिक्षण सिकाई तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम संचालन

पर्वत । महाशिला गाउँपालिकामा आधारभुत तहका शिक्षकहरुका लागि प्रभावकारी शिक्षण सिकाई तथा शैक्षिक सामग्री निर्माण र प्रयोग सम्बन्धी आवासीय कार्यशाला संचालन भएको छ ।
महाशिला गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना र स्वधर्म मावि पाखापानीको व्यवस्थापनमा  बुधबार देखि ५ दिने कार्यशाला संचालन भएको हो ।

विद्यालयमा शैक्षिक सामग्रीको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आउँने र कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउँदा विद्यार्थीमा पढाइप्रति रुचि जाग्ने भएकाले कार्यशाला संचालन गरिएको शिक्षा,युवा तथा खेलकुद शाखाले जनाएको छ ।


विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षाकोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाउने भएकाले सिकाइ उपलिब्धमा वृद्धि हुने कार्यशालामा सहभागी शिक्षक राजेन्द्र क्षेत्रीले बताए ।

उद्घाटन कार्यक्रम स्वधम मावि पाखापानीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महाशिला शिक्षा समितिको सदस्य अमृत प्रसाद सुवेदीको अध्यक्षता, महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा बि.क.को प्रमुख आतिथ्यता, महाशिला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रा.स. नारायण प्रसाद गौतमको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यशालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव राम प्रसाद शर्माले सहजीकरण गर्ने छन् ।
कार्यशालामा महाशिला गाउँपालिका अन्तर्गत रहेका २६ वटै बिद्यालयका आधारभुत तहका शिक्षकहरुको सहभागिता रहको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img