निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

डोकोमा बोकेरै तरकारी ढुवानी ७० वर्षीय अगुवा किसान भन्छन् ,किसानको समस्या कसैले वुझेन ।

११ आश्विन पर्वत /पर्वतको फलेवास ३ शंकरपोखरीका उमेरले ७० वर्ष काटेका लक्ष्मी दत्त भुषाल विहानै वाट तरकारी वारीमा भेटिन्छन् विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या काम नै तरकारी वारीमा काम गर्ने र राम्रो तरकारी फलाउने रहेको छ ।
सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाको सहयोग वाट व्यवसायिक तरकारी खेती थालनी गरेका भुषालले विगत १२ वर्षदेखी विभिन्न सिजन अनुसारका मौषमी तथा वेमौषमी तरकारी उत्पादन गर्दै आएका छन् ।

पछिल्लो चरणमा उनी फलेवास क्षेत्रमानै उत्कृष्ट किसानको रुपमा नाम कमाउन थालेको छन् । भुसालले तरकारी खेती वाट वार्षिक २ लाख भन्दा वढि कमाउने गरेको वताए ।
जागर भए उमेरले छेक्दैन मैले आफ्नै कमाइमा रमाएको छु अझै समाजमा परिर्वत गर्छु उनले हासेर हामीलाई वताए ।उमेर ७० पुगेका भुषालले प्लाष्टिक हाउसमा गोलभेडा , साग ,मुला सिमी घिरौला फलाउदै आएका छ्न् ।
आफुले उत्पादन गरेको तरकारी हिउद महिनामा ढुवानी गर्न सहजै भएपनी वर्खायाम मा भने ढुवानीमा समस्या रहेको उनले वताए । गाउमा हिलामै सडक हुदा गाडी नआउने समस्याले तरकारी वजार सम्म लान लाई निकै समस्या रहेको उनको भनाइ छ ।

२०५७ सालमा खनिएको फलेवास खलडाडा मोटरवाटो अहिले सम्म पनि स्तोरन्ती नहुदा सामान ढुवानी गर्न मात्र हैन विरामी हुदा समेत गाडी आउन मान्दैनन । वाटोको स्तोरन्नतीमा कसैको चासो रहेन भुसालले दुखेसो पोख्दै हामीलाई वताए ।


गाउमा उत्पादित तरकारीको वजारीकरण नहुदा आफेले उत्पादन गरेको तरकारी डोकोमा वोकेर ढुवानी गर्न निकै कठिन भएको छ नगरपालिकाले तरकारी वजारीकरणका लागि केही पहलगर्न सकेन नेताले भाषणमा सवै व्यवस्था मिलाउछौ भन्छन् व्यवहारमा केही गरेनन् भुषालको भनाइ रहेको छ ।

यस क्षेत्रमा उत्पादन भएको तरकारी वजारीकरणका लागि आवश्यक पहल गरि ढुवानी व्यवास्थामा नगरपालिकाले सहयोग गरेमा कृषकहरुलाई राहत हुने उनको भनाइ रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img