१९ आश्विन २०८१ पर्वत /
चार भञ्ज्याङ यूवा क्लव फलेवास ८ ठानामौलाले आयोजना गरेको खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।
फलेवास नगरपालिका का नगरप्रमुख गंगाधर तिवारीले कार्यक्रमको उद्घाटन गर्दै खेलको विकास संगै यूवाहरुको शसिक्तकरण आवश्यक रहेको वताउनु भएको छ । नगरप्रमुख तिवारीले खेल कुदको विकास वाट पनि नगरको पहिचान गराउन सकिने वताउदै आफुले खेलकुदको क्षेत्रमा पनि सक्दो सहयोग पुर्याएको वताउनुभयो । चार भञ्ज्याङ यूवा क्लवले खाल्टे गाउमा निकै वर्ष पछि भलिवल लगाएत विभिन्न कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आयोजक लाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमा चार भञ्ज्याङ स्वास्थ्य केन्द्र, टेलिमेडिसिनका व्यवस्थापक रोशन गूरुङ, सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिना ,फलेवास नगरपालिका ८ का अध्यक्ष मन वहादुर कुवंर ,फलेवास नगरपालिका का प्रशासकिय अधिकृत विष्णू प्रसाद पौडेल उप प्रमुख शोभा कुमारी क्षेत्री लगाएतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा आदिम कला केन्द्र पोखराका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो भने लोक दोहोरी गायक कृष्ण अखेली र नविना सुवेदीले सांगितीक प्रस्तुति राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रम नगरप्रमुख गंगाधर तिवारी र उप प्रमुख शोभा कुमारी क्षेत्रीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
भलिवल प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख द्धितिय पुरस्कार रु ५० हजार र तृतिय पुरस्कार रु २५ हजार रहेको छ । त्यसैगरि गरि सटफुट प्रतियोगितामा प्रथम पुरस्कार रु ५ हजार रहेको क्लवका सचिव सुमन जिसीले जानकारी दिए ।खेल आश्विन १९ देखी २४ गते सम्म आयोजना हुने आयोजकले जनाएको छ ।

चार भञ्ज्याङ यूवा क्लवका अध्यक्ष याम वहादुर गूरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य क्लवमा कोषाध्यक्ष ले राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सुमन जिसीले गर्नूभएको थियो ।






