२० आश्विन २०८१ पर्वत
/ फलेवास ८ ठानामौलामा खाल्टेमा १९ गते देखी २४ गते सम्म आयोजना गरिएको खुल्ला भलिवल तथा सास्किृतिक कार्यक्रम मा २४ गते लमजुङे ठाडो भाकागायिक मञ्जु विक को प्रस्तुती रहने अयोजकले जनाएको छ ।
हालसालै वजारमा आएको लमजुङे ठाडो भाका गितकी गायिका मञ्जु विक आप्mनो सांगितिक प्रस्तुतिका लागि पर्वतको ठानामौला खाल्टे आउने भएकी छन् ।
पछिल्लो समय दर्शकश्रोताको मन जित्न सफल विकले राजु परियार र आफ्नो आवाजमा वजारमा ल्याएको लमजुङे ठाडो भाका गित यतीवेला निकैनै चर्चामा रहेको छ ।
विकले आफ्नै यूटुव च्यानल वाट यो गित वजारमा ल्याएकी हुन् । ठाडो भाकाको संरक्षण र प्रवद्र्धनका लागि आफुले वजारमा ल्याएको गितले दर्शकश्रोताले मन पराइदिनुभएको र विभिन्न मेलाहरुमा ठाडो भाका गित गाउन निम्तो आउने गरेको विकले वताइन् ।
२४ गते लमजुङे ठाडो भाका गायिका मञ्जु विक र दोहोरी गायक सुदिप क्षेत्रीको सांगितिक प्रस्तुती रहने आयोजक संस्था चार भन्ज्याङ यूवा क्लवले जनाएको छ ।
छ ।
कार्यक्रममा हरेक दिन आदिप कला केन्द्र पोखराको प्रस्तुती नृत्य प्रस्तुती रहेको छ ।
खुल्ला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख द्धितिय पुरस्कार रु ५० हजार र तृतिय पुरस्कार रु २५ हजार रहेको छ क्लवका सचिव सुमन जिसीले जानकारी दिए ।