२१ कार्तिक ,पर्वत /चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति ICC को आयोजना तथा चार भञ्ज्याङ तमु समाज यूकेको नेतृत्वमा ग्लोवल यूथ भ्रमण २०२४ सफलतापुर्वक सम्पन्न भएको छ ।
भ्रमण कार्यक्रम ३० अक्टुवर २०२४ देखी २ नोभेम्वर २०२४ सम्म रहेकोमा चार भञ्ज्याङ गाउँहरु ठानामौला खाल्टे, लामे ,फलामखानी दाद्रा , मुलावारी , खेवाङ र भंगराको अवलोकन गरिएको थियो ।
भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको र भ्रमण कार्यक्रमले यूवाहरुमा सकरात्मक सन्देश प्रभाह भएको चार भञ्ज्याङ तमुसमाज यूकेका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभयो ।
भ्रमण टोलिमा अध्यक्ष बेन कुमार गूरुङ , महासचिव अमर गूरुङ, सल्लाहकार टेकबहादुर गुरुङ, फस्टलेडी तारा गुरुङ लगाएत यूथहरुको सहभागिता रहको थियो ।
उक्त कार्यक्रममा वेलायत वाट १० जना काठमाडौ वाट १ जना पोखरा वाट १० जना र नेपालका विभिन्न स्थान वाट ९ जना गरि कुल ३० जनाको सहभागिता रहेको थियो ।
भ्रमण कार्यक्रम ३० अगष्ट २०२४ मा पोखरा वाट शुरु भएको थियो । चार भञ्ज्याङ तमुसमाज अन्तराष्ट्रिय समन्वय समितीले भ्रमण टोलिलाई स्वागत गरि भ्रमण भव्य सफलताको शुभकामना सहित विदाइ गरेको थियो ।
कार्यक्रममा यूवाहरुलाई चार भञ्ज्याङ गाउँ भिजिट संगै आफ्नो बाबु-बाजेको पुर्खेउली थाकथलो पहिचान, स्थानिय कला संस्किृती,मौलिक पराम्परा, रहनसहन, चार भन्ज्याङ तमु समाज यूकेले च्यारिटी गरी संकलन गरेको रकम वाट चार भन्ज्याङ गाउँमा शिक्षा ,स्वास्थ्य लगाएत विभिन्न क्षेत्रमा पूर्याएको सहयोग साथै समाजको अगुवाइमा सम्पन्न भएका सामाजिक कार्यहरुको अवलोकन गराइएको थियो ।
चार भञ्ज्याङ तमुसमाज यूकेले पहिलो पटक आयोजना गरेको यूथ भ्रमण सफलता पुर्वक सम्पन्न भएको चार भञ्ज्याङ तमुसमाज युकेका महासचिव अमर गूरुङले वताउनु भयो ।
कार्यक्रमको पहिलो दिन भ्रमण टोलि पोखरा हुदै पर्वत सदरमुकाम कुश्मा वजार , विश्वकै दोस्रो अग्लो बन्जीजम्प अवलोकन, कालिगण्डकी नदीमाथी वनेका अग्ला र लामा पुलको अवलोकन गरि फलेवास नगरपालिका नगरकार्यपालिका कार्यालय पुगेको थियो । टोलिलाई फलेवास नगरपालिकामा नगरप्रमुख गंगाधर तिवारीले खादा लगाएर स्वागत गर्नुभएको थियो । त्यसै गरि सोहि दिन फलेवास ८ वडा कार्यालय ,टेलिमेडिसिन अवलोकन गरि वेलुका खाल्टे पुगेर समापन भएको थियो ।
भ्रमणको दोस्रो दिन १०+२ विद्यालय भवन, जनज्योती मावी ठानामौला अवलोकन, कोटभुमे दर्शन , सरस्वती आधारभुत विद्यालय नेपाने, फलामखानी स्थित घन्तरी विद्यालय , चिसापानी आरधारभुत विद्यालय लामे ,ऐतिहासिक वौद्ध गुम्वा हुदै फलामखानी पुगेर समापन भएको थियो । भ्रमण टोलिलाई चिसापानी आधारभुत विद्यालय लामेमा फेटा खादा र मालाले स्वागत गर्नुका साथै भैलीगित वाट स्वागत गरिएको थियो ।
भ्रमणको तेस्रो दिन फलामखानी लुंखु हुदै महाशिला दर्शन, चारभन्ज्याङ गाउ मुलावारी खेवाङ, घण्टेहुदै दाद्रा, भंगराको बज्रमारादेवीको मन्दिर दर्शन गरि ग्रामोदय मावि अवलोकन गर्दै कलाकारहरु संगै देउसी भैलो खेलेर रमाइलो कार्यक्रमका साथ समापन भएको थियो ।
चौथो दिन भ्रमण टोलि भंगरा, कार्कीनेटा, नागडाडा, भालुपहाड हुदै तमु धीं केन्द्रिय कार्यालय पोखरा पुगेको थियो । तमु धीं नेपालको केन्द्रीय कार्यालयमा एक समारोहबीच युथभ्रमण टोलीलाई फेटा, खादाले स्वागत गरएिको थियो । तमु धीं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य यूवा समतिकिा संयोजक रमेश तमुले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन तमु धीं नेपालकी महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो । कार्यक्रममा गोर्खाली रेडियो स्टेसन म्यानेजर खिमा गुरुङलगायतको उपस्थिती रहेको थियो
केन्द्रिय कार्यालयमा स्वागतका साथ तमु धी नेपालका यूवाहरु र भ्रमण टोलिका यूवाहरु विच अन्तरक्रिया गरि भ्रमण कार्यक्रम समापन भएको थियो ।
तमुधीं केन्द्रिय कार्यालयमा मा आयोजना भएको कार्यक्रमा भ्रमण टोलिमा सहभागी मध्य प्रसंशा गुरुङ , विनोद गूरुङ र स्मृती गूरुङले आफ्नो अनुभवहरु प्रस्तुत गर्नुभएको थियो । भ्रमण कार्यक्रममा चार भन्ज्याङ यूवा क्लवले यूथहरुलाई विभन्न स्थानहरुको परिचय गराउनुका साथै सहजीकरण गरेको थियो ।