पौष ६ पर्वत
पर्वतको फलेवास नगरपालिका ९ भंगरामा संचालित भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाकोे दशौ वार्षिक साधारण सभा सम्पन्न शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननिय रेखा गूरुङले सहकारी संस्था स्थापनाले विपन्न नागरिकहरुको आयआर्जनमा सहयोग पुगेको, वचत गर्ने वानीको विकास हुदै गएको साथै सहकारी मार्फत कृषी उत्पादन र वजारीकरणको थालनी भएकोमा सहकारीलाई धन्यवाद दिनुभयो । उहाले सहकारी विकासका लागि सक्दो सहयोग गर्ने वताउनुभयो ।
पछिल्लो समय केही खराव सहकारीका कारण अहिले समाजमा नकारत्मक सन्देश फैलिएको भए पनि सवै मिलेर स्थानिय स्तरमा रहेका सहकारीहरु अझै मजवुद बनाउनुपर्ने मा जोड दिनु भयो ।
कार्यक्रममा फलेवास नगरपालिका का उपप्रमुख शोभा कुमारी क्षेत्रीले सहकारी संस्था स्थापनाले उद्यमी वनाउन ठुलो भुमिका खेलेको वताउदै सवै जना सहकारीमा आवद्ध भै उद्यम विकासमा लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा सोडेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिना, नवचेतना सामदायिक विकास केन्दका अध्यक्ष गोपाल दास पौडेल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभामा सहकारी संस्थाका सचिव डिल कुमारी पौडेल क्षेत्रीले प्रगती प्रतिवेदन व्यवस्थापक रैशाकुमारी क्षेत्रीले आर्थिाक प्रतिवेदन नितितथा कार्यक्रम प्रस्तुत गनूभएको थियो ।
जस अनुसार गत वर्षमा १ करोड ४९ लाख ६६ हजार ३ सयको आर्थिक कारोवार भएकोमा चालु आवमा १ करोड ६७ लाख ३२ हजारको कारोवार हने व्यवस्थापक रैशा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएकोमा साधारण सभाले पास गरेको छ ।
साधारण सभामा लेखा समिति स.योक विष्णू प्रसाद सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो ।
सहकारी संस्थाले यस वर्ष कृषि उत्पादन लाई जोड दिदै वजारिकरण गर्ने लक्षका साथ सहकारी संस्थालाई सहयोग गर्दै आएको सहयोगी संस्था सोडेक नेपालका परियोजना अधिृकत रमेश प्रसाद रिजालले वताउनुभयो ।
कार्यक्रमा सामुदायिक विकास परियोजना संचालन गर्दै आएको नवचेतना सामदायिक विकास केन्द्रका जनस्वस्थ्य अधिकृत टिका कु घर्ती लेखाप्रमुख सदिश शर्मा सोडक नेपालका शिक्षा संयोजक प्रेम प्रसाद भुसााल , पत्रकार , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
साधारण सभमा उत्कृष्ट वचतकर्ता देवी क्षेत्री र उत्कृस्ट शेयर सदस्य सरस्वती पाठक क्षेत्री उद्यमी तिला नेपानी र मन व पौडेल क्षेत्री सम्मान गरिएको थियो ।
भंगरा एकता सामाजिक कृषि सहकारीका अध्यक्ष विष्णू व पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत मन्तव्य लेखा समिति सदस्य रुप नारायण शर्माले राख्नु भएको थियो भने कार्यक्रमको सदस्य कृष्ण प्रसाद रिजालले गर्नुभएको थियो ।








