पौष २८ पर्वत /
पर्वतको फलेवासमा स्थापना भै फलेवास नगरपालिका, कुश्मा नगपालिका र महाशिला गाउँपालिका कार्यक्षेत्र रहेको सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाकोे सोह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण प्रसाद तिवारी , सचिव रमेश प्रसाद रिजाल, सहसचिव गोविन्दप्रसाद भुसाल कोषाध्यक्ष प्रमिला पन्त सदस्यहरुमा भिम प्रसाद शर्मा , शर्मीला थापा क्षेत्री, टिकाकुमारी खत्री, लेखनाथ गौतम, सुर्य भुसाल ,कोपिला परियार रहनु भएको छ । साधारण सभाले कविता विकको संयोजकत्वमा प्रेम प्रसाद तिवारी र लक्ष्मीदत्त भुषाल सदस्य रहेको लेखा समिती चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी फलेवास नगरपालिका आर्थिक विकास संयोजक मन वहादुर कुवंरले सहकारी मार्फत संचालन भएका कार्यक्रमहरु प्रभावकारी भएको वताउदै धन्यवाद व्यक्त गर्नुभयो ।
सहकारी संस्थाले वचत तथा ऋणको कारोवार सहित दुध उत्पादन,तरकारी खेती तथा आलुखेती प्रवद्र्धनमा प्रभाकारी काम गरेको वताउदै आगामी दिनमा पनी उत्पादन मुखी कार्यक्रमलाई जोड दिनुपर्ने वताउनु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य वावुराम विक , सिसाठाटी दुध संकलन केन्द्रका अध्यक्ष हिम प्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा सहकारी संस्थाका सह सचिव गोविन्द भुसालले आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गनूभएको थियो जस अनुसार गत वर्षमा २करोड ३० लाख७ हजार २ सयको आर्थिक कारोवार भएकोमा साधारण सभाले पास गरेको छ । साधारण सभाले चालु आवका लागि रु २ करोड ६३ लाख ८४ हजार पाच सयको वजेट पास गरेको छ । साधारण सभामा लेखा समितीको प्रतिवेदन लेखा संयोजक कविता विकले प्रस्तुत गर्नुभएको थियो ।
सहकारी संस्थाले वचत संकलन कार्य संगै कृषि उत्पादन मार्फत जिविकोपार्जन तरकारी खेती , माहुरीपालन , सामुहिक आलुखेती , सुत्केरी पोषण सहयोग , शेयर सदस्यको मृत्यूमा काजक्रिया सहयोग जस्ता थप कार्यक्रम संचालन गरेको संस्थाका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाले वताउनु भयो ।
साधारण सभामा उत्कृस्ट शेयर सदस्य कृष्ण प्रसाद तिवारी, त्यैस्तै कारोवारको हिसावमा वावुराम विश्वकर्मा र उत्कृष्ट केन्द्र प्रमुख टिका कुमारी खत्री लाई सम्मान गरिएको थियो । कार्यक्रममा सुत्केरी पोषण कार्यक्रम अन्तर्गत फनपा ३ शेयर सदस्य सन्ध्या रिजाललाई उपहार प्रदान गरिएको थियो ।
संचालक समिती तथा लेखा समिती निर्वाचानका लागि कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा होम प्रसाद भुषाल , लकास सुवेदी , दोर्ण प्रसाद भुषाल र विष्णू प्रसाद सुवेदी सदस्य रहेको निर्वाचन समितीले निर्वाचन सम्पन्न गराएको थियो ।
सहकारीका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत मनतव्य उपाध्यक्ष कृष्ण प्रसाद तिवारीले राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव रमेश प्रसाद रिजालले गर्नुभएको थियो ।