निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस ,भजन प्रतियोगिता गरि सम्पन्न

पर्वत /

पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ ।
सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पर्वत र बागलुङका गरी ११ वटा समूहहरूको सहभागिता रहेको थियो । ‘सहिद हरिदत्त तिवारीका सपना र हालको विकास’ शीर्षकमा रहेर आयोजना गरिएको भजन प्रतियोगितामा फलेवास नगर भजन समूह प्रथम, साइकलचोक भजन समूह द्वितीय, सिमखेत भजन समूह तृतीय भएका छन् भने कार्कीनेटा भजन समूह र शिव दुर्गा भजन समूह सान्त्वना स्थानमा आएका छन् । ती समूहहरुले पुरस्कार स्वरूप क्रमशः २१ हजार, १५ हजार, ११ हजार र ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा विद्यार्थीहरूका लागि राखिएको सांस्कृतिक कार्यक्रम अन्तर्गत राम मा.वि. शंकरपोखरी, त्रिभुवन मा.वि. शंकरपोखरी, जनसहयोगी मा.वि. शंकरपोखरी र लिमिठाना मा.वि.का विद्यार्थीहरूले आफ्ना कलाहरू प्रस्तुत गरेका थिए । उक्त विद्यार्थीहरूलाई पनि प्रोत्साहनका लागि उपहार प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक, फलेवास नगरपालिकाका प्रमुख तथा सहिद पुत्र गंगाधर तिवारीले बुबाले बोकेको सपना पूरा गर्नमा नै आफू सदैव तल्लीन रहेको बताएका छन् । जनताको पक्षमा काम गर्दागर्दै बुवा सहिद भएको स्मरण गर्दै बुबाले देखेका सपना साकार गर्ने आफ्नो अभिभारा भएको उनले बताए ।

।फलेवास नगरपालिका ग्रामीण क्षेत्रको नगरपालिका भएको भए पनि आफूहरूले सडक, खानेपानी लगायतका क्षेत्रमा धेरै कामहरू गरेको उनले बताए । सिँचाई, कृषि, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा नागरिकले पनि काँधमा काँध मिलाएकोले सहज भएको उनको भनाई छ । राजनीति गर्नु कठिन कुरा भएको भए पनि नागरिकको सेवामा खटिन पाउनु सहिद परिवारका लागि खुसीको कुरा भएको नगरप्रमुख तिवारीले उल्लेख गरे ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, नेपाली काँग्रेस पर्वतका उपसभापति शिव प्रसाद अधिकारी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी, फलेवास नगरपालिका–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठ, तत्कालीन जिल्ला विकास समितिका उपसभापति राम शर्मा, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतले सहिद तिवारीको बारेमा बोलेका थिए ।

कुश्मा नगरपालिकाका उपसचिव तथा सहिद परिवारका सदस्य विष्णुप्रसाद तिवारीले सहिद तिवारीको जीवनीको बारेमा जानकारी गराए ।
सोही कार्यक्रमको अवसर पारेर नेपाल पत्रकार महासङ्घ पर्वत शाखामा सर्वसम्मत रूपमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान पनि गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार संजय रेग्मी र लोक तथा दोहोरी गायक सूदीप क्षेत्रीले गरेका थिए । प्रतिष्ठानका तर्फबाट भगीरथ च्वाइँले स्वागत मन्तव्य व्यक्त गरे ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img