निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

पर्वत : पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ ।

प्रदेश अस्पताल पर्वतलाई ६–१ गोलको अन्तरले महासंघले उपाधि हात पारेको हो । महासंघको तर्फवाट गंगाबहादुर गुरुङले चार, गोविन्द रिजालले एक र राजन गुरुङले एक गोल गर्नुभएको थियो ।

खेलको ४२ मिनेटमा प्रदेश अस्पतालको तर्फवाट एक गोल गर्न सफल भएका थिए । मैत्रीपुर्ण रुपमा खेल सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला सहित स्वास्थ्यकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो । पर्वत अस्पतालले ३५ औँ वार्षिकोत्सव आगामी बुधवार विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img