१४ माघ पर्वत ।
चारभञ्ज्याङ स्वास्थ्य केन्द्र खाल्टेमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा माघ २८ गते १ दिने आँखा शिविर आयोजना गर्न लागेको चारभञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभयो ।
चारभञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिनको व्यवस्थापनमा आयोजना गरिएको शिविरमा हिमालयन आँखा अस्पतालका स्वास्थ्य कर्मीहरुको टिम र तमुधीं युकेका महासचिव डा. विशाल गूरुङको टिमले स्वस्थ्य सेवा प्रदान गर्ने आयोजकले जनाएको छ ।
शिविरमा आएका अप्रेशन गर्नुपर्ने विरामीहरुलाई माघ २९ गते प्रदेश अस्पताल कुश्मामा रिफर गरि निशुल्क अप्रेशनको व्यवस्थापन गरेको पनि आयोजकले जनाएको छ ।
आँखा शिविरमा वेलायतमा रहेका विषेशज्ञ डाक्टरहरु साथै नेपालका डाक्टरहरुको सहभागिता रहने चारभञ्ज्याङ अन्तराष्ट्रिय समन्वय समितीका अध्यक्ष ले.चन्द्र व गूरुङले जानकारी दिनुभयो । विदेश रहेर पनि वेला वखत आफ्नो जन्मथलोमा केही सामाजिक कार्यगर्न पाउदा निकै खुसी लाग्ने गूरुङको भनाइ रहेको छ ।
चारभञ्ज्याङ तमु समाज यूकेको पहलमा पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा स्थापना भएको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रले नियमित निशूल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै हरेक वर्ष स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।
बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025