निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा विक

३० माघ, पर्वत ।

प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन पर्वतको कुश्मामा सम्पन्न भएको छ । अधिवेशनले दिपेश विकको नेतृत्वमा नयाँ कार्य
समिति चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा पुजना, कोषाध्यक्षमा महेश भुषाल, सह सचिवद्धय प्रेम शर्मा र कमला लामिछाने चयन भएका छन् । नव गठित समितिको सदस्यहरुमा रमेश पौडेल, सुजन आचार्य, नारायण अधिकारी र सुजन पौडेल चयन भएका छन् ।

सातौ जिल्ला अधिवेशनको अवसरमा प्रेस चौतारी पर्वतका केन्द्रिय सदस्य तथा पर्वत शाखाका पूर्व अध्यक्ष गणेश गिरीलाई प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । शाखाले स्थापना गरेको उक्त पुरस्कार पूर्व मन्त्री तथा एमाले केन्द्रि कमिटि सचिव पद्मा अर्यालले गिरीलाई प्रदान गरेकी थिइन । २२ हजार २ सय २२ रुपैंया नगद राशी भएको पुरस्कार शाखाले गिरीलाई प्रदान गरेको हो । पर्वत न्यूज अनलाईन र अर्थ वीट साप्ताहिकका प्रधान सम्पादक गिरी जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक समेत हुन् ।

शाखाको सातौं अधिवेशनको अवसरमा शाखाका पूर्व अध्यक्षहरु इन्द्रमान खत्री, राजेन्द्र पहाडी, गणेश पौडेल, लक्ष्मण सापकोटा, गणेश गिरी र अनुशासन आयोग सदस्य सन्तोष थापालाई सम्मान समेत गरिएको थियो ।
अधिवेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि तथा पूर्व मन्त्री अर्यालले सामाजिक सञ्जाल नियमन ऐन नियमनकारी भएको भन्दै ऐन नियन्त्रणकारी नभएको दावी गरिन । उनले अराजकताले देशलाई बर्बादीमा लैजाने भन्दै यसको नियमनको लागि ऐन आवश्यक रहेको समेत बताईन् ।

कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, प्रदेश कमिटि उप सचिव मञ्जु अधिकारी, एमाले जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी, प्रेस चौतारी केन्द्रिय सदस्य गणेश पौडेल, चौतारीका पूर्व अध्यक्ष इन्द्रमान खत्री, प्रेस चौतारी प्रदेश कमिटि उपाध्यक्ष उमाकान्त शर्मा, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम अधिकारी, प्रेस सेन्टर प्रदेश कमिटि सदस्य राजबाबु पिसी, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल लगाएतले अधिवेशनमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको सञ्चालन सचिव दिपेश विश्वकर्माले गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img