निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

खेलकुद प्रवद्र्धनका लागि तमु धिं यूकेले गर्यो २ लाख ६१ हजार सहयोग

१ फाल्गुन २०८१ पर्वत /
पर्वत /
पर्वतको फलेवास ८ ठानामौलामा स्थापना भै सामाजिक सेवामा कृयाशिल चारभञ्ज्याङ यूवा क्लवलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
क्लवलाई खेलकुद विकास र पर्यटन प्रवद्र्धनका लागि तमुधिं यूकेले रु २ लाख ६१ हजार दुइ सय दश रुपैया सहयोग गरेको हो । जस मध्य १ लाख ११ हजार दुई सय दश रुपैया तमुधिं यूकेका निर्वतमान अध्यक्ष हरि गूरुङले सहयोग गर्नुभएको क्लवले जानकारी दिएको छ ।


सहयोग हस्तान्तरण गर्दै तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गूरुङले चार भन्ज्याङ गाँउमा स्थापना भएको क्लवले खेलकुदको विकासमा महत्वपूर्ण सहयोग पु¥याएको वताउदै खेलकुद सगै यूवाहरुलाई सामाजिक कार्यमा सक्रियताका लाग्न अनुरोध गर्नुभयो ।


उहाले विदेशमा रहरे पनि आफ्नो जन्मठाउको विकासका लागि निरन्तर सहयोग गर्दै आएको वताउदै आगामी दिनमा पनि समाजिक विकासका कार्यहरुमा निरन्तर सहयोग गर्ने वताउनुभयो ।
सहयोग ग्रहण गर्दै चारभञ्ज्याङ यूवा क्लव अध्यक्ष याम व गुरुङले तमु धिं परिवार सहित सम्पर्णु सहयोगीहरुलाई धन्यावाद व्यक्त गर्नुभयो । उहाले सवैको साथ सहयोगले क्लव संचालनमा महत्पुर्ण भुमिका खेलेको वताउदै । आगमी दिनमा थप रचनात्मक कार्यमा अगी वड्ने जानकारी दिनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं यूके आमा समुह अध्यक्ष कमलादेवी गूरुङ, गैर आवासिय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गूरुङ, पुर्व आमा समुह अध्यक्ष सिता गुरुङ , तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गूरुङ , निवर्तमान आमा समुह अध्यक्ष सन्ध्या गूरुङ, तमु धीं यूके वरिष्ठ उपाध्यक्ष पर्शु गूरुङ, नन्द गूरुङ सल्लाहाकार शान्त गुरुङ सस्थापक आमा समुहअध्यक्ष शान्ति गुरुङ , चार भन्ज्याङ तमुसमाज अन्तराष्ट्रिय समितिकाअध्यक्ष हनेरी लेप्टेन चन्द्र बहादुर गुरुङ , चारभन्ज्याङ तमुसमाज यूकेका अध्यक्ष वेन कुमार गुरुङ , यूके नेपाल कोअर्डिनेटर क्या देउ व गूरुङ , चार भञ्ज्याङ् तमु समाज हङकङ का अध्यक्ष तार प्रसाद गुरुङ ,साहित्यकार एकेन्द्र गूरुङ लगाएतको उपस्थिती रहेको थियो ।
खेलकुद विकासको माध्यम वाट यूवाहरुलाई सक्रिय गराउने अभियानमा लागेको यस क्लवले पर्यटन प्रवद्र्धन लगायत सामाजिक सेवामा पनि अग्रसर गराउदै लाने क्लवका सचिव सुमन जिसीको भनाइ रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img