दिल सागर विसी/
२९ माघ पर्वत ।
पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा माघ २८ गते १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा २६७ जना आँखाका विरामीहरुले निशुल्क सेवा पाएका छन् । जस मध्य ३४ जना आँखाका विरामीहरुलाई हिमालयन आखा अस्पताल पोखरामा रिफर गरिएको छ भने १४ जनालाई अप्रेशनका लागि प्रदेश अस्पताल कुश्मामा पठाइएको टेलिमेडिसिनका स्वास्थ्य प्रमुख प्राथाना पुनले जानकारी दिनभयो । आँखा शिविरमा ८५ जना विरामीलाई निशुल्क चस्मा उपलब्ध गराईएको पनि पुनले जानकारी दिनुभयो ।

चारभञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिनको व्यवस्थापनमा आयोजना गरिएको शिविरमा हिमालयन आँखा अस्पतालका स्वास्थ्य कर्मीहरुको टिम र तमुधीं युकेका महासचिव डा. विशाल गूरुङको टिमले शिविरमा स्वस्थ्य सेवा प्रदान गरेको हो । शिविर सम्पन्न गर्नका लागि चार भञ्ज्याङ युवा क्ल्ब फलेवास ८ ,ठानामौला , चार भञ्ज्याङ् आमा समुह , स्वास्थ्य चौकी फलेवास न पा ८ ठानामौला र वडा कार्यालयको पनि सहयोग रहेको थियो ।

ग्रामिण भेगमा आँखा शिविर आयोजना हुदा विपन्न र वृद्धहरुलाई प्रतक्ष सेवा पुगेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिनका व्यवस्थापक रोशन गूरुङले वताउनु भयो । शिविरमा पर्वतको फलेवास नगरपालिका लगाएतका स्थानवाट विरामीहरुले सेवा लिएको गुरुङले वताउनु भयो ।
शिविर संचालनका लागि रेज अफ होप फाउन्डेसन यूके ,तमु धिं यूके, चार भन्ज्याङ तमुसमाज यूके , हिमालयन आखा अस्पताल पोखरा लगाएतको सहयोग रहेको चार भन्ज्याङ तमु समाज यूके नेपाल कोअर्डिनेटर देव वहादुर गूरुङले जानकारी दिनुभयो । उहाले सहयोगी सवैलाई धन्यावाद दिदै आगामी दिनमा पनि आबश्यक रहेमा अन्य शिविरहरु पनि संचालन गरिने वताउनु भयो ।

शिविरमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं यूके आमा समुह अध्यक्ष कमलादेवी गूरुङ, गैर आवासिय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गूरुङ, पुर्व आमा समुह अध्यक्ष सिता गुरुङ , तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गूरुङ , निवर्तमान आमा समुह अध्यक्ष सन्ध्या गूरुङ, तमु धीं यूके वरिष्ठ उपाध्यक्ष पर्शु गूरुङ, नन्द गूरुङ सल्लाहाकार शान्त गुरुङ सस्थापक आमा समुहअध्यक्ष शान्ति गुरुङ , चार भन्ज्याङ तमुसमाज अन्तराष्ट्रिय समितिकाअध्यक्ष हनेरी लेप्टेन चन्द्र बहादुर गुरुङ , चारभन्ज्याङ तमुसमाज यूकेका अध्यक्ष वेन कुमार गुरुङ , चार भञ्ज्याङ् तमु समाज हङकङ का अध्यक्ष तार प्रसाद गुरुङ ,साहित्यकार एकेन्द्र गूरुङ, फलेवास नगरपालिका ८ नं वडाका वडा अध्यक्ष मन वहादुर कुवंर, चारभञ्ज्याङ सेवा केन्द्रका अध्यक्ष डम्मर वहादुर गुरुङ चार भञ्ज्याङ् युवा क्लबका अध्यक्ष याम ब गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
२०६९ सालमा चारभञ्ज्याङ तमु समाज यूकेको पहलमा पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा स्थापना भएको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रले नियमित रुपमा निशूल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विदेशी डाक्टरहरुको सहयोगमा टेलिमेडिसिन सेवा दिदै आएको छ ।
विरामीहरुको आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ
