पर्वत/
सञ्चारिका समुह पर्वतको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा रञ्जना खत्री सर्वसम्मत चयन भएकी छन् । बिहिवार कुश्मामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा संगिता केसी र शान्ति सुवेदी रमा, सचिवमा कमला लामिछाने, कोषाध्यक्षमा मिना पराजुली, सहसचिव मुना केसी लामिछाने रहनुभएको छ भने सदस्यहरुमा पवित्रा शर्मा, लक्ष्मी पुन, इन्दिरा तिवारी, अस्मिता गौतम, गंगा शर्मा चयन हुनुभएको छ । समितिको सल्लाहकारमा विष्णु गौतम, संगिता केसी बाँनिया र संरक्षकमा माया अधिकारी रहेकी छन् ।
कार्यक्रममा बोल्दै सञ्चारिका समुह पर्वतका संस्थापक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारीले महिला पत्रकारहरुको लागि नेतृत्व क्षमताको बिकास गर्दै महिला पत्रकारलाई सबल र सक्षम बनाउने उदेश्यले संस्था स्थापना गरिएको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश गिरी, प्रेस युनियनका केन्द्रिय सदस्य साजन परियार, प्रेस यूनियन गण्डकीका उपाध्यक्ष संगिता केसी, प्रेस चौतारीका अध्यक्ष दिपेश बि पोख्रेल, पुर्व अध्यक्ष कृष्ण अखेली, प्रेस युनयिनका अध्यक्ष उत्तम अधिकारी, समाजवादी प्रेस संगठनका अध्यक्ष लक्ष्मण बिसि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पर्वतमा क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष बिष्णु सापकोटा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शान्ति सुवेदीको स्वागत मन्तव्य र सञ्चालन सचिव संगिता केसीले गरेकी थिइन् ।








