/पर्वत
चैत ७गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्ला भर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रमगर्ने निर्णय गरेको जिल्ला कमिटी पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।
पछिल्लो समय प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको भन्दै जनताका माझ जनसचेतना कार्यक्रम सहित गणतन्त्रका पक्षमाव्यापक रुपमा नेतातथाकार्यकर्ताहरुलाई परिचालनगर्ने गरी पार्टीले कार्यक्रमहरु तय गरेको उहाँले बताउनुभयो ।
देशमाप्रतिगामीशक्तिहरु गणतन्त्र र जनअधिकारका विरुद्ध देखिनथालेकाले प्रतिगामीचिन्तनलाई परास्तगर्नका लागि पार्टीले कार्ययोजना सहितव्यापक रुपमाजनपरिचालनगर्ने निर्णय भएको पार्टीका सचिव सुबासचन्द्र पौडेलले बताउनुभयो । पार्टी केन्द्रले तय गरेका कार्यक्रमहरुलाई जिल्लामापनिप्रभावकारी रुपमा संचालनगरिने उहाँले बताउनुभयो ।
एमालेले चैत ११ गते एकैदिन एकै समयमाजिल्लाका ६१ वटै वडामा जनसचेतना कार्यक्रम गर्ने र चैत १८ गते जिल्लास्तरीय जागरण सभाको आयोजना गरिएको नेकपाएमाले पर्वतकाप्रचार विभागप्रमुख ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो । चैत २४ गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभाको आयोजनाहुने छ ।
अहिलेजारी तीनमहिना वडा केन्द्रित पार्टी निर्माण अभियान सँगसँगै गणतन्त्रका पक्षमापनिजनपरिचालनकाकार्यक्रमहरु आयोजनागरिने प्रचार विभागप्रमुखआचार्यले बताउनुभयो । उहाँकाअनुसार चैत ११ गतेदेखि ३० गतेसम्म सबै वडाहरुमा प्रतिगामीहर्कतविरूद्ध जनपरिचालन र जनसचेतनाकार्यक्रमसहित पार्टीको तीनमहिने वडा केन्द्रितअभियान संचालनगरिने भएको छ ।
एमाले केन्द्रिय कमिटीकोहालै बसेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजितगतिविधिहरूप्रतिगम्भीर रूपमा छलफल गरी नेपालको संविधान र यसले संस्थागत गरेको संघीयलोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिकन्याय जस्ता उपलब्धिको रक्षाकालागि दृढतापूर्वक उभिने पार्टीलेसंकल्प गरेको छ ।
पर्वतमातीनमहिने अभियानअन्तर्गत अहिले वडा तहमा प्रशिक्षण र घरदैलो कार्यक्रम संचालनभएको छ ।








