निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतका विद्यालयमा अनुगमन , ३ जना विद्यार्थी पढाउन २ शिक्षक

      

४  असार २०८२/

शिक्षा विकास तथा समन्वय इकाई पर्वतले स्थानिय तहका विद्यालयमा अनुगमन थालेको छ । अनुगमनका क्रममा केही विद्यालयमा विद्यार्थी संख्या २/३  जना मात्र रहेको तथ्य वाहिर आएको छ ।

मंगलवार पर्वतको फलेवास ६ मा रहेको चन्दनी प्राथामिक विद्यालयमा अनुगमन गर्दा ३ जना मात्र विद्यार्थी रहेको पाईएको छ । २ जना स्वीकृत दरवन्दी रहेको विद्यालयमा ३ जना मात्र विद्यार्थी रहेको पाईएको शिक्षा विकास तथा समन्वय प्रमुख मोतिलाल चपाईले जानकारी दिनुभयो ।

 त्यसै गरि फलेवास ३ को महादेव प्राथामिक विद्यालयमा ५ जना शिक्षक रहेकोमा विद्यार्थी संख्या पनि ५ जना रहेको चपाइले जानकारी दिनुभयो ।

अनुगमन कै क्रममा फलेवास ९ भंगरामा रहेको भवानी प्राथामिक विद्यालयमा कक्षा १ र २ मा विद्यार्थी संख्य सुन्य रहेको छ भने कक्षा ३ मा विद्यार्थी संख्या ३ जना मात्र रहको पाईएको हो । विद्यालयले २०८० साल देखी हाल सम्म कुनै पनि विद्यार्थी  भर्ना नगरेको अनुगमनमा भेटिएको छ ।

पर्वतको फलेवास ३ जनसहयोगी माध्यामिक विद्यालयमा पनी शिक्षक विद्यार्थी अनुपात नमिलेको अनुगमन टोलिले वताएको छ  । कुल १५ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा ECD का विद्यार्थी  सहित ३६ जना विद्यार्थी रहेको पाइएको हो । अनुगमन गरिएका धेरै विद्यालयको भौतिक संरचना राम्रो भए पनि विद्यार्थी संख्य भने न्यून रहेको छ ।

शिक्षक दरबन्दी अनुसार विद्यार्थी संख्य नभएका विद्यालयलाइ यथासिघ्र समायोजन प्रक्रृयामा लानका लागि सुझाव पेश गरिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख चपाईको भनाई छ ।

विद्यार्थी संख्य न्यून रहेका विद्यालय वाट शिक्षकहरुलाई अन्य विद्यालयमा व्यवस्थापन गर्ने कार्य भैरहेको छ । २ जना शिक्षक लाई  व्यवस्थापन गरिएको छ । अव छिट्टैनै शिक्षक व्यवस्थापन कार्यलाई तिव्रता दिन्छौ फलेवास नगरपालिकाका शिक्षा विकास अधिकृत टंकनाथ पौडेलले भन्नुभयो ।

पछिल्लो समय सरकारले विद्यालयको भौतिक विकासमा ठुलो धनरासी खर्च गरे पनि ग्रामिण भेगका विद्यालयमा विद्यार्थी संख्या न्युन हुदै गएको छ ।

विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ले समायोजनका आधारहरु तय गरेको छ .  पहाडमा १–३ कक्षामा ४५ जना वा सोभन्दा कम, १–५ कक्षामा ७५ वा सोभन्दा कम, ६–८ कक्षामा ४५ वा सोभन्दा कम, ९–१० कक्षामा ४० वा सोभन्दा कम विद्यार्थी संख्या हुँदा समायोजन गर्न सकिने व्यवस्था छ ।



spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img