पर्वत, ५ असार /
पर्वतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता भए पछी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जन्मेदेखी २७ महिना सम्मका एक हजार पाच सय पाच जना बालबालिकाहरुले पुर्ण मात्रमा खोप लगाएको सुनिश्चिता भएको जिल्ला खोप समन्वय समितीले जनाएको छ ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै विहिबार जिल्लालाई आठौँ चरणमा पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार पर्वतका ७ वटै स्थानीय तहका ६१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका १ हजार ५ सय ७२ जना बालबालिका र छुट्टै १६ महिना देखि २७ महिना सम्मका १ हजार ५ सय ५ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । योसँगै पर्वत गण्डकी प्रदेशकै पाँचौ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सहितको जिल्ला बनेको छ ।
कार्यालयका अनुसार चालु आवमा पर्वतको कुश्मा नगरपालिकाका ९ सय १०, पैयु गाउँपालिकाका ३ सय १८, विहादी गाउँपालिकाका २ सय ४३, मोदी गाउँपालिकाका ४ सय ४१, फलेवास नगरपालिकाका ५ सय ३८, महाशिला गाउँपालिकाका १ सय ७३ र जलजला गाउँपालिकाका ४ सय ७० गरी कुल ३ हजार ९३ बालबालिकाकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकले नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको बताउनुभयो ।

कार्यक्रममा खोप अभियानमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा फलेवास नगरपालिका का प्रमुख गंगाधर तिवारी , जिल्ला समन्वय समिती पर्वतका उप प्रमुख सोम वहादुर जिसी महाशिला गांउपालिका अध्यक्ष इश्वरी भुसाल , मोदी गाउपालिका अध्यक्ष हिरादेवी शर्मा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , प्रादेशिक खोप निर्देशनालयका खोप अधिकृत एकनारायण लम्साल ,प्रदेश अस्पताल वाग्लुङका प्रमुख एक नारायण गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला खोप समन्वय समिती पर्वतका संयोजक विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य प्रदेश अस्पताल पर्वतका प्रमुख बद्रीराज आचार्यले राख्नुभएको थियो भने कार्यक्रमको संचलन परिवार नियोजन सुपरभाइजर नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो ।









