निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चाड पर्व नजिकिए सँगै कुश्मा वजारमा अनुगमन


आश्विन २ पर्वत ।
दशैं लगायतका चाड पर्व नजिकिए सँगै कुश्मा वजारमा अनुगमन गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका र उद्योग वाणिज्य संघ पर्वतको टोलिले अनुगमन गरेको हो । अनुगमनमा खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण कार्यालय पोखराका प्रतिनिधीको पनि सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा जेरी ,मिठाईपसलहरु , किराना पसल र विद्यालयको चमेना गृहमा अनुगमन गरिएको हो ।


आश्विन २ गते गरिएको अनुगमनमा केही खाजाघरमा म्याद नगेका पेय पदार्थ भेटिएको साथै मिठाई पसलहरुमा अखाद्य रंग प्रयोग गर्ने गरिएको भेटिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।
चाडवाडको बेलामा कालोबजारी हुन सक्ने र उपभोक्ताको स्वास्थ्य माथी खेलवाड हुने गरी अखाद्य बस्तुको विक्री हुने भएकाले बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ ।
१४ वटा पसल अनुगमन गरिएकोमा केही खाजा पसलहरुमा सरसफाईको कमी देखीएको र केही किराना पसलहरु दर्ता नगरिएको पाईएको छ। व्यवसाय दर्ता नविकरण गर्ने, मुल्य सुँची ग्राहकले देख्ने स्थानमा टाँस्न अनुगमन टोलिले सुचित गराएको छ ।


कार्यालय बाट समय समयमा वजार अनुगमन गर्दा उपभोक्तहरुको स्वास्थ्य माथी खेलवाड नहुने सवै व्यावसायिहरु सजग रहने स्थानियहरुले वताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img