आश्विन ७ पर्वत/
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना तथा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा कुश्मा नगरपालिका १ मालढुङ्गामा रहेको श्रमिक प्राथमिक विद्यालयका २० जना वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा २० जना विद्यार्थीहरुलाई कपि,पेन्सिल,कटर ईरेजर, सावुन कोलगेट र व्रस वितरण गरिएको थियो भने विद्यालयलाई वर्णमाला चार्ट ८ थान वितरण गरिएको थियो ।
प्रधानध्यापक राधिका पौडेलले सो विद्यालयमा नितान्त विहान वेलुका काम गरेर छाक टार्ने श्रमिक अभिभावकका वालवालिका र केहि बाबू आमा विहिन वालवालिका समेत रहेको जानकारी गराउनु भयो ।

विद्यालयमा ईसिडि कक्षा देखि ३ सम्ममा २२ जना विद्यार्थी रहेका छन् । विद्यालयमा इसिडी सहित जम्मा २ जना शिक्षकहरुले अध्यापन गराई रहेको वताउनु भयो ।
यस्तो विद्यालयमा सामाजिक सेवा भावले सहयोग गर्नु भएकोमा आयोजक प्रति धन्यवाद समेत व्यक्त गर्नु भयो ।कार्यक्रममा गैसस महासंघ नेपाल जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नागरिक समाज संजालका संयोजक माया अधिकारि, सोडेक नेपालका अध्यक्ष देवि प्रसाद तिमिल्सिना, गुडनेईवर्स ईन्टरनेशनल नेपालका जिल्ला संयोजक रन्जित चौधरि, सोडेक नेपालका महासचिव टंक भुसाल, गैसस महासंघका कोषाध्यक्ष फुलमाया सापकोटा लगायतको उपस्थितिमा कार्यक्रम संचालन शाखाका सचिव वलिनारायण रेग्मिले गर्नु भएको थियो ।









