आश्विन २० पर्वत ।
जिल्लामा कृयाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र, सोडेक नेपाल पर्वतको २९ औ साधारण सभा तथा १५औ अधिवेशन आईतवार संस्थाको केन्द्रिय कार्यालय ठानामौलामा सम्पन्न भएको छ ।
अधिवेशनले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नया कार्यसमिती गठन गरेको छ । जस अनुसार उपाध्यक्ष गोविन्द प्रसाद शर्मा, महासचिव टंक प्रसाद भुसाल , सचिव कमल प्रसाद रिजाल,कोषाध्यक्ष विष्णू भण्डारी, सदस्यहरुमा जगन्नाथ पन्त , प्रमिला शर्मा पन्त, डिल वहादुर गूरुङ, तिल कुमारी शर्मा, पार्वती रिजाल र संगिता विक निर्विरोध निर्वाचित हुनुभएको छ ।
उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी फलेवास नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्यले संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदान प्रभावकारी रहेको वताउदै आगामी दिनमा थप प्रगतीको कामना व्यक्त गर्नुभयो ।

सोडेक नेपाल पर्वतले फलेवास क्षेत्रका विद्यालयमा संचालन गरेको शैक्षिक सुधार कार्यक्रम नमुना कार्यक्रम रहेको वताउदै फलेवास नगरपालिकाले पनी शैक्षिक सुधारका कार्यक्रम संचालनमा सहकार्य र सहयोग गर्ने वताउनू भयो ।
कार्यक्रमा समाजसेवी निलकुमार रिजाल ,फलेवास नगरपालिका ७ का वडा अध्यक्ष केशर पन्त वडा नं ८ का वडा अध्यक्ष मन वहादुर कुवर लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभामा संस्थाका सुचना अधिकारी रमेश प्रसाद रिजालले वार्षिक प्रतिवेदन महासचिव टंक प्रसाद भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गनूभएको थियो जस अनुसार गत आवमा संस्थाको रु २ करोड २ लाख ६५ हजार ३ सय वाह्र आय व्याय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरि चालु आर्थिक वर्षको निती तथा कार्यक्रम संस्थाका सचिव कमल प्रसाद रिजालले प्रस्तुत गर्नुभएको थियो संस्थाले आगामी वर्षका लागि रु ४ करोड २ लाख ४७ हजार नौ सय साठि रुपैयाको अनुमानित वजेट साधारण सभाले पास गरेको छ ।
कार्यक्रममा संस्थाका सदस्यहरु मध्यावाट वर्ष २०८१ उत्कृष्ट सदस्यको रुपमा कोष वहादु कुवंरलाई सम्मान गरिएको थियो ।
त्यसै गरि संस्था स्थापना गर्न उल्लेखेनिय भुमिका पुर्याउने पदम विक साथै संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । साधारण सभाकै अवसरमा उच्च शिक्षा अध्ययन गर्ने १० जना प्रायोजित विद्यार्थीहरुलाई रु ३ हजारका दरले सहयोग गरिएको थियो ।
संस्थाको पहलमा स्थापना गरिएको शिसुकल्याण प्रावि लाई स्मार्ट टिभी , भ्याकुम क्लिनर , कार्पेट, अफिस कुर्ची लगाएतका सामाग्री सहयोग गरिएको संस्थाका सुचना अधिकारी रमेश प्रसाद रिजालले जानकारी दिनुभयो । संस्थाले वालवालिकाहरुको क्षेत्रमा प्रभावकारी कार्यक्रम संचालनका लागि पवन रिजालको अध्यक्षतामा समाज कल्याण यूवा क्लव तदर्थ समिती समेत गठन गरेको छ ।

संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनमा संस्थापक संयोजक मेघराज शर्माको अध्यक्षतामा ५ सदस्यीय निवार्चन मण्डलले सर्वसम्मत रुपमा नया कार्यासतिी गठन प्रकृया सम्पन्न गरेको थियो ।
कार्यक्रमको संचालन संस्थाका महासचिव टंक प्रसाद भुसालले गर्नूभएको थियो ।









