निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, मंसिर २२, २०८२
Sunday, December 7, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तीन महिनामा झन्डै साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार सशुल्क सेवा लिएका ९४ जना सेवाग्राहीहरूबाट तीन लाख ४८ हजार आठ सय रुपैयाँ सङ्कलन भएको हो । निःशुल्क तथा सशुल्क सेवा लिनेहरूको सङ्ख्या एक सय ५१ रहेको छ । तीमध्येका ५७ जनाले निःशुल्क रूपमा सेवा लिएका छन् भने ९४ जनाले पैसा तिरेर एम्बुलेन्स सेवा लिएका हुन् ।

साउनमा ३२ जनाबाट एक लाख १५ हजार आठ सय, भदौमा ३१ जनाबाट एक लाख १६ हजार र असोजमा ३१ जनाबाट एक लाख १७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो । अध्यक्ष आचार्यका अनुसार साउनमा तीन जना ज्येष्ठ नागरिक, चार जना गर्भवती तथा सुत्केरी, पाँच जना गरिब तथा असह्य, दुई जना अपाङ्गता भएका र अन्य दुई जनाले निःशुल्क सेवा पाएका छन् । भदौमा छ जना ज्येष्ठ नागरिक, चार जना गर्भवती तथा सुत्केरी, छ जना गरिब तथा असह्य, एक जना अपाङ्गता भएका र अन्य छ जनाले सेवा पाएका छन् । यस्तै असोज महिनामा आठ जना ज्येष्ठ नागरिक, पाँच जना गर्भवती तथा सुत्केरी, तीन जना गरिब तथा असह्य र अन्य दुई जनाले एम्बुलेन्स सेवा निःशुल्क रूपमा पाएका छन् ।

गाउँपालिकाले सिफारिसको आधारमा जलजला गाउँपालिकाभित्रका गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, असह्य तथा गरिब र अपाङ्गता भएका बिरामीहरूलाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img