निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अमेरिकाको लुसियानामा आँधी : साढे सात लाख बढी घरमा बिजुलीकाे आपूर्ति ठप्प

काठमाण्डाै – आँधीका कारण अमेरिकाको लुसियाना राज्यको जनजीवन प्रभावित भएको छ ।

आँधीका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र बाढीको जोखिम समेत रहेको बीबीसीले जनाएको छ ।

लुसियानाका सात लाख ५० हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ। प्रतिघण्टा १ सय ५० माइलको वेगले आएको आँधीले राज्यको मुख्य सहर न्यू ओर्लिन्सको जनजीवन अस्तव्यस्त बनाएको छ ।

न्यू ओर्लिन्स सहरमा बाढी रोक्न बनाइएको विशेष संरचनाले आँधीले ल्याएको बाढी रोक्न सफल भएको खबरमा उल्लेख छ। सन् २००५ मा आएको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएपछि बाढी रोक्न त्यहाँ विशेष संरचना बनाइएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी खतरनाक भएकाले सचेत रहन अपिल गर्नुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img