१० मंंसिर २०७८
पर्वत नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । विहीवार राती आएकोे मतगणनाको अन्तिम नतिजा अनुसार जोशीले मल्ललाई १ सय ६० मतान्तरले पराजित गरेका हुन् । कुल खसेको ११ सय ८६ मतमा जोशीले ६ सय ९ मत प्राप्त गरेका छन् भने मल्लले ४ सय ४९ मत पाएका छन् । । सभापतिका अर्का उम्मेदवार सुबेदीले ९६ मत पाएका छन् ।
उपसभापति पदमा ६ सय ९१ मत सहित डा चूडामणि शर्मा र ५ सय ६५ मत सहित शिवप्रसाद सुबेदी विजयी भएका छन् । उपसभापतिका उम्मेदवार रहेका कमलराज पौडेललाई ३सय ९४ र गोविन्दप्रसाद पाध्यालाई ४सय १० मत प्राप्त भएको थियो । यस्तै सचिवमा ५७३ मत प्राप्त गरिअशोक उचै ठकुरी र ३७३ मत प्राप्त गरि गुप्तनिधि शर्मा विजयी भएका छन् । । सचिवमा कुल छ जनाको उम्मेदवारी परेको थियो । जसमा ओमप्रसाद घायलले दुई सय १०, कमल बहादुर अधिकारीले दुई सय ७६, पानबहादुर हमालले तीन सय २७ र मोहन आचार्यले तीन सय ३५ मत पाएका छन् । सहसचिवमा अच्युत तिवारीले ६ सय ५८ र तिलकप्रसाद भुसालले ४सय १९ मत प्राप्त गर्दै विजयी भएका छन्। सहसचिवमा परशुराम पुरीले ५ सय ८ मत र पङ्कजकुमार क्षेत्री सुवेदीले ३ सय ५२ मत पाएका छन् ।
जिल्ला सदस्यमा ओम गिरी ४ सय ६८, प्रमोद पाण्डे ५ सय ४४, कुलप्रसाद शर्मा ३ सय ९४ मतका साथ विजयी भएका छन् । यस्तै लक्ष्मीदेबी वैरागीले ३ सय ९९, हेम शर्मा पौडेलले ५ सय २४, जगतशंकर पौडेलले चार सय ७८, प्रकाश आचार्यले ५ सय २२, मुकुन्द गौतमले ४सय ८२, रामचन्द्र तिवारीले ६ सय ७८ मत ल्याई विजयी भएका छन् । दलित तर्फबाट भोर्ले सार्कीले ६ सय, मनमाया नेपालीलाई ५सय २३, राजु विकले ६ सय ८८, आदिवासी जनजातितर्फ लेखबहादुर थापाले ६ सय १२ र अल्पसंख्याकतर्फ शान्ति शर्मा कुमाललाई ६ सय ८६ मत प्राप्त भएको छ । जिल्ला सदस्यहरूमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्त प्रताप सेन, तुलसीदेवी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलबहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध चयन भएका थिए ।
महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ रामचन्द्र जोशी ५८२, नवराज गुरुङ ५४८, खगेन्द्रप्रसाद तिवारी ५३९, गंगाधर तिवारी ५१७, विद्धान गुरुङ ५०९, ऋषिकेश तिवारी ५०७, विमलराज क्षेत्री ४९५, राजेन्द्रप्रसाद तिवारी ४५०, बसन्तबहादुर सिके ४४५, खिमप्रसाद भुसाल ४४३ विजयी भएका छन् । खुल्ला महिला तर्फ सीताकुमारी काफ्ले लामिछाने ६१९, मुना भुसाल ५३१, रेखा गुरुङ ५२५, राधाकुमारी कुँवर क्षेत्री ४५२विजयी भएका छन् । खस/आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी ५९४, डा। केदार सुबेदी ४५७ र कुलप्रसाद उपाध्याय ४१६, महिला खस/आर्यतर्फ मुना शर्मा लामिछाने ५२७, मिनाकुमारी केसी ४८५, सृजना मल्ल ४३२ मत ल्याई विजयी भएका छन् भने आदिवासी जनजातितर्फ मिना कर्माचार्य ५३७, मोहनबहादुर गुरुङ ५०१, अपाङ्गता तर्फ लेखनाथ पौडेल ५६२, दलिततर्फ जितबहादुर नेपाली ३२१ मत ल्याई विजयी भएका छन् । दलित महिला तर्फ खैसरा दर्जी ४०५ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025









