निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रेस चौतारी पर्वतको छैटौँ अधिबेशन सम्पन्न ,अध्यक्षमा अखेली

पुस २९, २०७८
प्रेस चौतारी पर्वतको छैटौँ अधिबेसन वुधवार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण अखेलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसअन्तर्गत उपाध्यक्षमा सुवास लामिछाने, समावेशी उपाध्यक्षमा रमा सुवेदी , सचिवमा दिपेश सुनार, कोषाध्यक्षमा विकासराज पौडेल, सहसचिवमा राजन पौडेल र पूजना शर्मा चयन भएका छन्। अधिबेसनले १७ सदस्यीय समिति गठन गरेको हो।
बनभोज कार्यक्रम सहित आयोजना गरिएको अधिबेसनको अवसरमा बोल्दै नेकपा एमालेकी केन्द्रिय सदस्य तथा पर्वत ईञ्चार्ज कल्पना चापागाईँले प्रेस चौतारीले संचालन गरेका कार्यक्रमहरु प्रभावकारी रहेको जानकारी गराउदै प्रेस चौतारीमामा आवद्ध रहेका पत्रकारहरुले पार्टीले गरेका राम्रा कामहरुलाई समचार मार्फत बाहिर ल्याउन अनुरोध गरिन्।
प्रेस चौतारी पर्वतले राम्रो काम गरिहेकोमा खुसी व्यक्त गर्दै उनले आफू पनि सञ्चार उद्यमी भएका कारण पत्रकारहरुको पीडाका बारेमा आफू जानकार रहेको चापागाईँको भनाई छ। ‘म पनि सञ्चार उद्यमी भएका कारण तपाईँ पत्रकारहरुसँगसँगै यात्रा गरिरहेकी छु। सञ्चार गृह र पत्रकारहरुले भोगिरहेका पीडाका बारेमा म जानकार छु। यहाँ तलबै खुवाउन नसकिने अवस्था रहेको मैले पनि भोगेकी छु,’ उनले भनिन्, ‘कोभिडका कारण बजारको स्थिति झनै बिग्रिएको छ। कर्मचारीहरुलाई तलब नै खुवाउन नसकिने अवस्था मिडियाको रहेको छ ।
कार्यक्रममा एमाले केन्द्रिय तथा प्रतिनिधि सभाका सदस्य पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा सचिव गोविन्द पहाडी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, इन्द्र पौडेल र माधव बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष शुष्मा पौडेल, म्याग्दीबाट अमृत बास्कुने लगायतको सहभागिता रहेको थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img