निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा २ सय कुकुरको बन्ध्याकरण सम्पन्न

पर्वत : सामुदायिक तथा घरपालुवा कुकुरको अनावश्यक प्रजनन नियन्त्रण गरेर सुरक्षित समुदाय निर्माणका लागि पर्वतमा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा जिल्लाको पैयुँ गाउँपालिका–६ स्थित हुवासमा र सदरमुकाम कुश्मास्थित कार्यालयमा नै आयोजना गरिएको शिविरमा १८९ वटा कुकुरहरूमा बन्ध्याकरण गरिएको हो।

कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्यालको नेतृत्वमा डा. सुदिप श्रेष्ठ, डा. नवीन रेग्मीलगायत केन्द्रीय रेफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा बन्ध्याकरण शिविरको आयोजना गरिएको हो।

सोही अवसर पारेर ती कुकुरहरूलाई निःशुल्क रूपमा रेबिजविरुद्धको खोपसमेत लगाइएको छ। हुवास शिविरमा सामुदायिक ४६ वटा र घरपालुवा ३९ वटा गरी कुल ८५ ओटा कुकुरको बन्ध्याकरण गरिएको हो। 

कुश्मामा राखिएको शिविरमा सामुदायिक २६ र घरपालुवा ७८ गरी कुल १०४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ।

केन्द्रीय रेफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्यालले रेबिज रोगको प्रकोप न्यूनीकरण गर्न, कुकुरका कारण हुने सडक दुर्घटनामा कमी ल्याउन साथै सडकमा कुकुरहरूको आक्रमणको सास्तीबाट बच्न शिविरले सहयोग पुर्‍याउने बताए।

पैयुँ र कुश्मा गरी २ ठाउँमा राखिएका शिविरमा १५० वटा कुकुर बन्ध्याकरण गर्ने लक्ष्य राखिएको भए पनि लक्ष्यभन्दा बढी कुकुरहरूको बन्ध्याकरण गर्न सकिएको भेटेरिनरी अस्पताल पर्वतका प्रमुख रामजी प्रसाद पौडेलले बताए। थाहाखवर बाट साभार

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img