२८ गते वैशाख ।
पर्वतका केही ग्रामिण वस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरण लाई कम क्षती हुनेगरि प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरि प्राकृतिक खेती अभियान थालिएको हो ।
खेती विस्तारका लागि किसानहरुलाई विभिन्न स्थानमा तालिम संचालन गरिएको छ । जिल्लामा संचालित समाज कल्याण श्रोत विकास केन्द्र (सोडेक नेपाल) पर्वतले गुड नेवर्स इनटरनेशनल,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत प्राकृतिक खेती अभियान थालिएको हो ।
परियोजनाले पर्वतका मोदिगाँउपालिका ४ क्याङ्ग, फलेवास नगरपालिका ७ लिमिठान र ९ भंगराका गरि कुल २०० जना कृषकहरुलाई आवश्यक ज्ञान ,सिप ,सामाग्री र विउ प्रदान गरि प्राकृतिक खेती कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्यस क्षेत्र संगै अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्ने संस्थाले जनाएको छ । प्राकृतिक खेतीलाई कृषि विज्ञानमा आधारित खेती प्रणाली भन्न सकिने कृषी विज्ञहरुको भनाइ रहेको छ । बाली, रुख र पशु धनलाई कार्यात्मक जौविक विविधता संग एकिकृत गर्दछ ।

प्राकृतिक खेतीले रसायनको प्रयोग नगरी प्राकृतिक सामाग्रीको प्रयोग गर्दछ । सामाग्रीहरु स्थानिय स्तरमा पाइने तथा आवश्यक सेवाहरु बजार बाट खरिद नगरि किसान आफैले उत्पादन गर्ने हुदा उत्पादन लागत घट्नुका साथै फोहर लाई रुपान्तरणगरि स्रोतको रुपमा प्रयोग गरिन्छ ।
यस किसिमको खेती गर्नाले वातावरणीय मैत्री ,उच्चप्रतिफल ,कमलागत,उच्च गुणस्तर ,अनुकुलन योग्य र किसान मैत्री रहने परियोजना अधिकृत रमेश प्रसाद रिजालले वताए ।
यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनुका साथै जमिनको उर्वराशक्ति बढ्दै जाने भएकाले किसानहरू प्राकृतिक खेती प्रणालीमा उत्पे्ररित बन्दै गएको पर्वत मोदी क्याङका नरसिङ पुनले सुनौलो खवरलाई वताए ।
यो प्रविधिबाट खेती गर्दा माटोको उर्वराशक्ति बढ्ने र यसमा फलाएको खाद्यान्न बाली तथा तरकारी मानव स्वास्थ्यका लागि प्रभावकारी हुने भएकाले कृषको आकर्षण बढेको छ ।








